‘चिनियाँ खेलकुद भ्रष्टाचारको चपेटामा’ « Khabarhub

‘चिनियाँ खेलकुद भ्रष्टाचारको चपेटामा’


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा गौरव र गरिमाको प्रतीक मानिने खेलकुदका क्षेत्र भ्रष्टाचारको चपेटामा परेसँगै विवादमा तानिएको छ । विश्व खेलकुद मञ्चमा अग्रपङ्क्तिमा रहेको चीन पछिल्ला केही वर्षयता भ्रष्टाचारका काण्डले ओजविहीन बनेको छ ।

साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसार लोकप्रिय खेल फुटबल राजनीतिक नेतृत्वको प्रोत्साहनका कारण उच्च स्थानमा रहेकामा पछिल्लो समय सतहमा आएका विविध विवाद र भ्रष्टाचारका विषयले साख जोगाउन हम्मेहम्मे परेको छ ।

चिनियाँ फुटबल सङ्घका दुई जना अधिकारीलाई भ्रष्टाचारको मुद्दामा अनुशासन समिति र खेलकुद नियामक निकायले कारबाही प्रक्रिया अघि बढाएपछि लोकप्रिय खेल फुटबलसँग सम्बन्धित समस्या सतहमा सार्वजनिक भएका हुन् । खेलकुद नियामक निकायले पनि अनुसन्धानलाई तीव्र गतिमा अघि बढाएको छ । विशेषगरी पुरुष फुटबल प्रतियोगितामा भ्रष्टाचार भएको उक्त निकायको ठहर छ ।

यद्यपि महिला फुटबलको नतिजा सन्तोषजनक र निर्विवाद रहेको छ । फुटबलको सबैभन्दा ठूलो प्रशिक्षण प्रतिष्ठानका उच्च अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् भने उनीहरुलाई प्रशिक्षणको जिम्मेवारीबाट हटाइएको छ । चिनियाँ फुटबल महासङ्घले ग्वान्जाउको  फुटबल सङ्घलाई उसका प्रशिक्षार्थीहरूको खराब प्रदर्शनका कारण निलम्बन गरिएको  छभने आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा वैकल्पिक व्यवस्था गर्नुपर्ने सृजना भएको छ ।

महासङ्घले आगामी एक वर्षभित्रमा सङ्घको संस्थागत संरचना तयार गर्न सम्बन्धित पदाधिककारीलाई निर्देशन दिएको छ । ‘म्याच फिक्सिङ’ लगायत फुटबलसँग सम्बन्धित भ्रष्टाचारका काण्डले चीनको गौरव घटाएको पूर्वराष्ट्रिय प्रशिक्षक ली तेइले बताएका छन् । चीनको भ्रष्टाचार विरोधी निकायले राजनीतिक भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्वान्जाउ फुटबल सङ्घका अध्यक्षसहित छ जनालाई ‘म्याच फिक्सिङ’ को अभियोगमा निलम्बन गरिएको छ । फुटबल खेलमा निरन्तर बढीरहेका भ्रष्टाचार नियन्त्रण गर्न चीनले समयमै प्रभावकारी उपाय नअपनाए अन्तरराष्ट्रिय जगत्मा कमाएको प्रतिष्ठा धुमिल हुने खेल क्षेत्रका विज्ञले बताएका छन् ।

गत शीतकालीन ओलम्पिकका बेला स्केटिङमा भएको अनियमिताका बारेमा दक्षिण कोरियाली खेलाडीले गरेको उजुरीलाई पनि पाठका रुपमा लिनुपर्ने उनीहरूको कथन छ ।

यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टीको २४ सदस्यीय पोलिटब्युरो स्थायी समिति तथा देशको सर्वोच्च नीतिनिर्माता निकायले भ्रष्टाचारका साथै कुनै किसिमका अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको  पार्टीको मुखपत्र पिपुल्स डेलीले जनाएको छ । राष्ट्रपति सी चीनफिङले सुशासन कायम गर्न दिएको  निर्देशनको पालना भए/नभएको नियमितरूपमा अनुगमन गरिनेछ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : २६ बजे

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने