झापामा दुई सय पाँच लागूऔषधका मुद्दा फछर्यौट « Khabarhub

झापामा दुई सय पाँच लागूऔषधका मुद्दा फछर्यौट


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा लागूऔषध सम्बन्धीका दुई सय ६  मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फछर्यौट भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९-८० मा १७ भारतीय नागरिकसहित तीन सय ३६ जना लागूऔषध कारोबारी  पक्राउ परेका र ती मध्ये १६ देखि ६० वर्षमाथि वर्षसम्मका व्यक्ति छन् । 

उनले १६ वर्षमुनिका एक, १६ देखि २५ वर्ष उमेर समूहका एक सय सत्ताइस, ३६ देखि ४५ वर्षका ३८, छयालिसदेखि ६० वर्षका १२ र ६० वर्षमाथिका एक जनालाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा चलाएको बताएका छन् । 

जिल्लाका काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज, डिगलबैंक, कुमरखोद, कचनकवल लगायतका विभिन्न नाकाबाट दैनिक जसो प्रहरीले लागूऔषध प्रयोगकर्ता र कारोबारीलाई नियन्त्रणमा लिइरहेको छ । 

प्रवक्ता रिजालले गत आर्थिक वर्षमा लागूऔषध सेवनकर्तालाई मनोपरामर्श दिई आफन्तलाई जिम्मा लगाइएको सङ्ख्या नौ सय ६२ जना रहेको बताए। उनले एक वर्षको अवधिमा लागूऔषधि मुद्दामा करिब दुई केजी ब्राउन सुगर, २८ केजी गाँजा, एक सय १५ लुपिजेसिक, एक सय ३० एमपुल डाइजापाम, एक सय २५ एम्पुल फेनरागन, नाइट्रोसन चक्कीलगायत बरामद गरेको जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ५ : ३० बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक