नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने « Khabarhub

नेकपा एसले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । हालै सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमएसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग प्रष्ट जवाफ माग गर्ने जानकारी दिए ।

व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको लागि पहल गर्ने, समाजवादी मोर्चाका दलबीच मतभिन्नता भए पनि साझा बुँदामा सहमति जनाउने, मोर्चाको कार्यनीति, योजनाका विषयमा पार्टीपङ्क्तिलाई प्रष्ट पार्ने सो पार्टीले निर्णय गरेको छ । प्रवक्ता खतिवडाले भ्रष्टाचारविरुद्ध सरकारी सक्रियताले जनतामा आशा जगाएको पार्टीले ठहर गरेको बताउँदै भ्रष्टाचार विरुद्धको अनुसन्धान तथा कारबाही कुनै पनि बहानामा नरोक्न आग्रह गरे ।

‘कृषिमा खपत नहुने श्रमशक्तिलाई उद्योगमा स्थानान्तरण गर्दै मुलुकलाई समृद्धि र समाजवादको बाटोमा अगाडि बढाउन अब ढिलो भइसकेको छ, यो बैठक, कृषि क्षेत्रमा ठोस, योजनाबद्ध र प्रभावकारी कार्यक्रम अवलम्बन गर्न सरकारसँग माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ । 

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : ५६ बजे

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र