विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज साउन १०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

‘चिनियाँ खेलकुद भ्रष्टाचारको चपेटामा’
चीनमा गौरव र गरिमाको प्रतीक मानिने खेलकुदका क्षेत्र भ्रष्टाचारको चपेटामा परेसँगै विवादमा तानिएको छ । विश्व खेलकुद मञ्चमा अग्रपङ्क्तिमा रहेको चीन पछिल्ला केही वर्षयता भ्रष्टाचारका काण्डले ओजविहीन बनेको छ ।

साउथ चाइना मर्निङ पोष्टले हालै सार्वजनिक गरेको एक विवरणअनुसार लोकप्रिय खेल फुटबल राजनीतिक नेतृत्वको प्रोत्साहनका कारण उच्च स्थानमा रहेकामा पछिल्लो समय सतहमा आएका विविध विवाद र भ्रष्टाचारका विषयले साख जोगाउन हम्मेहम्मे परेको छ ।

चिनियाँ फुटबल सङ्घका दुई जना अधिकारीलाई भ्रष्टाचारको मुद्दामा अनुशासन समिति र खेलकुद नियामक निकायले कारबाही प्रक्रिया अघि बढाएपछि लोकप्रिय खेल फुटबलसँग सम्बन्धित समस्या सतहमा सार्वजनिक भएका हुन् । खेलकुद नियामक निकायले पनि अनुसन्धानलाई तीव्र गतिमा अघि बढाएको छ । विशेषगरी पुरुष फुटबल प्रतियोगितामा भ्रष्टाचार भएको उक्त निकायको ठहर छ ।

यद्यपि महिला फुटबलको नतिजा सन्तोषजनक र निर्विवाद रहेको छ । फुटबलको सबैभन्दा ठूलो प्रशिक्षण प्रतिष्ठानका उच्च अधिकारी पनि भ्रष्टाचारमा मुछिएका छन् भने उनीहरुलाई प्रशिक्षणको जिम्मेवारीबाट हटाइएको छ । चिनियाँ फुटबल महासङ्घले ग्वान्जाउको फुटबल सङ्घलाई उसका प्रशिक्षार्थीहरूको खराब प्रदर्शनका कारण निलम्बन गरिएको छभने आगामी वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा वैकल्पिक व्यवस्था गर्नुपर्ने सृजना भएको छ ।

महासङ्घले आगामी एक वर्षभित्रमा सङ्घको संस्थागत संरचना तयार गर्न सम्बन्धित पदाधिककारीलाई निर्देशन दिएको छ । ‘म्याच फिक्सिङ’ लगायत फुटबलसँग सम्बन्धित भ्रष्टाचारका काण्डले चीनको गौरव घटाएको पूर्वराष्ट्रिय प्रशिक्षक ली तेइले बताएका छन् । चीनको भ्रष्टाचार विरोधी निकायले राजनीतिक भ्रष्टाचार विरोधी अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्वान्जाउ फुटबल सङ्घका अध्यक्षसहित छ जनालाई ‘म्याच फिक्सिङ’ को अभियोगमा निलम्बन गरिएको छ । फुटबल खेलमा निरन्तर बढीरहेका भ्रष्टाचार नियन्त्रण गर्न चीनले समयमै प्रभावकारी उपाय नअपनाए अन्तरराष्ट्रिय जगत्मा कमाएको प्रतिष्ठा धुमिल हुने खेल क्षेत्रका विज्ञले बताएका छन् ।

गत शीतकालीन ओलम्पिकका बेला स्केटिङमा भएको अनियमिताका बारेमा दक्षिण कोरियाली खेलाडीले गरेको उजुरीलाई पनि पाठका रुपमा लिनुपर्ने उनीहरूको कथन छ ।

यसैबीच, चिनियाँ कम्युनिष्ट पार्टीको २४ सदस्यीय पोलिटब्युरो स्थायी समिति तथा देशको सर्वोच्च नीतिनिर्माता निकायले भ्रष्टाचारका साथै कुनै किसिमका अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको पार्टीको मुखपत्र पिपुल्स डेलीले जनाएको छ । राष्ट्रपति सी चीनफिङले सुशासन कायम गर्न दिएको निर्देशनको पालना भएरनभएको नियमितरूपमा अनुगमन गरिनेछ ।

रूसी रक्षामन्त्री शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई उत्तर कोरियामा भव्य स्वागत

रूसका रक्षामन्त्री सर्गेई शोइगु नेतृत्वको प्रतिनिधिमण्डलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा भव्य स्वागत गरिएको छ । कोरियाली युद्धविरामको वार्षिकोत्सव मनाउने सिलसिलामा रूसी टोली उत्तर कोरियाको भ्रमणमा गएको हो ।

रुसी प्रतिनिधिमण्डल प्योङयाङ विमानस्थलमा अवतरण गर्दा रुसी राष्ट्रिय गीत बारम्बार बजाएर स्वागत गरिएको थियो भने विमास्थल वरपरका सडकमा रुसी झण्डा फहराइएका थिए । रक्षामन्त्री काङ सुन नामले आफ्ना रूसी समकक्षी शोइगुलाई विमानस्थलमा स्वागत गरेका थिए । उत्तर कोरियाली झण्डा र रुसी झण्डा सडकका दुवै किनारमा राखिएका उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

युद्धविरामको वार्षिकोत्सवका अवसरमा बिहीबार प्योङयाङमा विशाल सैन्य परेड हुँदैछ । चिनियाँ कूटनीतिज्ञ एवम् सैनिकको टोली पनि रुसी अधिकारीहरूका साथ परेडमा उपस्थित हुने उत्तर कोरियाली समाचार समितिले जनाएको छ । प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन सैन्य परेडलगायत कार्यक्रम आयोजना गर्न लागेको हो ।

कोरोना महामारीलगायत कारणबाट लामो समयसम्म हुननसकेका उच्चस्तरीय भ्रमण एवम् आदानप्रदान अब शुरु भएका छन् । विश्वबाट एक्लिएको उत्तरका सिमाना सन् २०२० मा कोभिड महामारीका कारण बन्द भएको थियो ।

यसैबीच, उत्तर कोरियालीले आफ्नो देशको सार्वभौम अधिकार, विकास र हितको रक्षाका खातिर सङ्घर्षरतरूसी सेना र जनताप्रति आफ्नो ‘पूर्ण समर्थन’ व्यक्त गरेको छ । रुस उत्तर कोरियाको ऐतिहासिक सहयोगी हो जसले केही राष्ट्रसँग मात्र घनिष्ठ एवम् मित्रवत सम्बन्ध कायम गरेको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा मस्कोले गरेको आक्रमणको समर्थनमा अडिग छन् । उनको निर्देशनमा मस्कोलाई रकेट र मिसाइलहरू आपूर्ति गरिएको आरोप अमेरिकाले लगाउँदै आएको छ ।

सोलको इवा विश्वविद्यालयका प्राध्यापक लीफ–एरिक ईस्लेले रूसी रक्षामन्त्रीको यो भ्रमणले कुनै हतियार सम्झौता वा कूटनीतिक उपलब्धि नहुने टिप्पणी गर्दै युद्धविरामको वार्षिकोत्सवमा एकताको प्रतीकात्मक प्रदर्शन गरेको बताएका छन् । आफ्नो देश युद्धमा रहेको बेला रूसका रक्षामन्त्रीले प्योङयाङ भ्रमण गर्नु उत्तरका निम्ति महत्वपूर्ण भएको इवा विश्वविद्यालयका अर्का प्राध्यापक पार्क वोन–गोनले बताउँछन् । रूस र चीनको उपस्थितिले आफूसँग सुरक्षा परिषद्का सदस्य राष्ट्रको साथ रहेको सन्देश अमेरिकालाई दिन खोजिएको उनको विश्लेषण छ ।

भारतमा सरकारविरुद्ध विपक्षी गठबन्धनले ल्याए अविश्वासको प्रस्ताव
भारतमा विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । हालै दक्षिणी राज्य कर्णाटकको बैंगलुरुमा घोषणा गरिएको ‘इण्डिया’ गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको हो ।

मणिपुरमा महिलालाई सडकमा नग्न बनाएर सामूहिक बलात्कार गरेको भिडियो भाइरल भएसँगै सरकारको जवाफ माग्दै अविश्वासको प्रस्ताव ल्याएको हो । लोकसभाका सभामुख ओम बिरलाले अविश्वासको प्रस्ताव स्वीकार गरेको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले जनाएको छ ।

कांग्रेस नेतृत्वको विपक्षी ‘इण्डिया’ गठबन्धनले मणिपुरमा जारी हिंसाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा जवाफ दिनुपर्ने माग गर्दै आएका छन् । मणिपुर घटनालाई लिएर सत्तापक्ष र विपक्षबीच किचलो बढ्दै जाँदा बारम्बार संसदमा हंगामा हुँदै आएको छ ।

भारतीय सञ्चारमाध्यमले संसदमा सत्तारुढ भारतीय जनता पार्टीको स्पष्ट बहुमत रहेकाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने सम्भावना भने नरहेको जनाएका छन् ।

‘चीनमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले भयावह अवस्था आउनसक्छ’

चिनियाँहरुमा विवाह र सन्तानोत्पादनप्रति बढ्दो वितृष्णाले सामाजिक आर्थिक समस्या उत्पन्न हुने देखिएको छ । पछिल्लो एक दशकमा चीनमा विवाहको दरमा ५० प्रतिशतले कमी आएको छ । यसबाहेक दम्पत्तिमा सन्तान नजन्माउने प्रवृत्ति पनि बढ्दै गएको छ ।

चीनको नागरिक मामिला मन्त्रालयले जारी गरेको तथ्यांकमा सन् २०१३ मा १ करोड ३० लाख विवाह दर्ता भएका थिए । सन् २०२२ सम्म आइपुग्दा त्यो सङ्ख्या ६८ लाखमा झरेको छ । गुआङडोङका जनसङ्ख्याशास्त्री ह यापुका अनुसार चीनमा विवाहको यो दर सन् १९८० यताकै न्यून हो । घट्दो युवा जनसङ्ख्या, लैङ्गिक अनुपातमा असमानता, ढिलो विवाह गर्ने प्रचलन, विवाह गर्दा आवश्यक खर्चमा वृद्धि, उच्च महङ्गी, बेरोजगारी, सन्तान पाल्न आवश्यक खर्च वृद्धिजस्ता कारणले चीनमा विवाहको दरमा कमी आएको बताइन्छ ।

जन्मद बढाउन चीनले सन् २०१६ मा एक सन्तान नीति खारेज गरेको थियो । त्यसबाहेक धेरै सन्तान जन्माउने दम्पत्तिलाई प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने व्यवस्था पनि गरिएको थियो । यसका बावजुद चीनमा जन्मदर बढ्न सकेको छैन । महिलाहरु घरजम र सन्तानोत्पादनभन्दा आफ्नो करिअरतर्फ बढी केन्द्रित भएका कारण पनि जन्मदरमा खासै उपलब्धि नभएको बताइन्छ ।

हाल चीनमा ‘डबल इनकम, नो किड्स’ अर्थात्, सन्तानरहित दोहोरो आम्दानी गर्ने परिवारको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । चीनको सिन्मिन इभिनिङ नामक अखबारले गरेको सर्वेक्षणअनुसार चीनमा कलेज पढ्ने उमेरका ७७ प्रतिशत युवाहरुले आफ्नो आर्थिक अवस्थाअनुसार सन्तान जन्माउनेबारे निर्णय लिने प्रतिक्रिया दिएका छन् । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीको युवा विभागको सर्वेक्षणअनुसार ४४ प्रतिशत चिनियाँ महिलाहरु विवाह गर्ने विषयमा अनिर्णित छन् ।

चीनको स्वास्थ्य आयोगका वरिष्ठ अधिकारी याङ जिनरुइले लामो स्कूले जीवन, रोजगारीको उच्च दबाब र तनावपूर्ण जीवनशैलीका कारण पनि विवाहप्रति चिनियाँहरुको रुची घट्दो रहेको बताए । चीनमा सन्तान जन्माएकी महिलाको सङ्ख्यामा पनि कमी आएको छ ।

सन् २०१० मा चीनमा सन्तान जन्माएकी महिलाको सङ्ख्या ३८ करोड रहेकोमा सन् २०२० मा यो घटेर ३३ करोड ४० लाखमा झरेको छ । बढ्दो वृद्ध जनसङ्ख्याका कारण सन् २०१६ र २०२१ का बीच चीनमा प्रजनन हुने उमेरका महिलाको सङ्ख्या पनि ५० लाख प्रतिवर्षले घटेको छ ।

विज्ञहरुले विवाह र सन्तानोत्पादनप्रति चिनियाँहरुको वितृष्णाले जनसङ्ख्या संकट बढ्ने र भविष्यमा यसले भयावह अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन् ।

विवाहप्रतिको वितृष्णा, घट्दो जन्मदर र प्रजनन हुने महिलाको घट्दो सङ्ख्याले चीनमा वृद्ध जनसङ्ख्याको वृद्धि थप तीव्र हुने अनुमान गरिएको छ । यसबाट श्रमशक्ति र आन्तरिक बजारमा माग पनि घट्ने र यसबाट चीनको सामाजिक आर्थिक अवस्थामा नकारात्मक असर पर्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

ग्रिसमा जंगलको आगो निभाउन गएको विमान दुर्घटना, दुई पाइलटको मृत्यु
ग्रिसको इभियामा जंगलमा लागेको आगो निभाउन गएको विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा विमानमा सवार दुबै पाइलटको मृत्यु भएको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार सीएल–२१५ विमान इभियाको जंगलमा लागेको आगो निभाउनका लागि प्रयोग गरिएको थियो।

विमानको पखेटाले रुखमा छोएपछि जमिनमा खसेर आगो लागेको थियो । हाल ग्रिसको जंगलमा डडेलो लागेका कारण हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन् ।

ग्रिस सरकारले स्थानीयलाई स्थानान्तरण गरेर जंगलमा लागेको आगो निभाउनका लागि सम्पूर्ण प्रयत्न जारी राखेको जनाएको छ ।

अमेरिकामा अत्याधिक गर्मी
मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ) का कारण अहिले विश्वमा ठूलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् ।

अहिले अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरु घरबाट निस्कने वित्तिकै जल्ने भएका छन्, छाला पोलेको घटना समेत बढेको छ ।

डाक्टरहरूका अनुसार एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूक एक तिहाइ बिरामीहरू यस प्रकारको चोटबाट पीडित छन्।

बीबीसीका अनुसार फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा। केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी गर्मीका कारण आफैँ लडेर बेहोस भएका मानिसहरू हुन् ।

फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट ९४३ डिग्री सेल्सियस० माथिको तापक्रम रेकर्ड तोडिएको छ।

एरिजोना बर्न सेन्टरका डाक्टर केभिन फोस्टरले बीबीसी न्यूजलाई भने कि केन्द्रमा सबै ४५ अस्पतालका बेड भरिएका छन्। ती बिरामीहरू मध्ये लगभग एक तिहाइ कंक्रीट र डामर सतहहरूमा जलेका कारण अस्पताल आएका हुन ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ५९ बजे

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री

महोत्तरी – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न

कुवेतस्थित नेपाली दूतावासले भन्यो : घातक पेय पदार्थबाट टाढा रहनुहोस्

कुवेत- कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण करिब ३५ जना नेपाली

एकीकृत समाजवादीको सचिवालय बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले वामदेव गौतमलाई

रवि लामिछानेको मुद्दा न्यायिक कि राजनीतिक ?

काठमाडौं– पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु