महको बजारीकरणमा समस्या | Khabarhub Khabarhub

महको बजारीकरणमा समस्या


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा किसानले उत्पादन गरेको स्थानीय महको बजारीकरणमा समस्या देखिएको छ । जिल्लामा किसानले वार्षिक २० टन मह उत्पादन गर्दै आए पनि महको बजारीकरणमा समस्या रहेको कोहलपुर–११ स्थित सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले बताए ।

वार्षिक ३५ देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्दै आएका रानाले जिल्लामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेको जनाए ।

“हामीले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा उत्पादन बढाउन सकिएको छैन । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, उनले भने, “उत्पादित महले बजार नपाउँदा निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।”

जिल्लामा रैथाने मह उत्पादन, प्रवरद्धन र संरक्षणमा क्रियाशील अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको मागभन्दा बढी उत्पादन भइरहेकोले नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा जोड दिए ।

हाल बाँके जिल्लामा विभिन्न समूहमार्फत ५० किसानले वार्षिक २० टन मह उत्पादन गरिरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकील अहमदले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा बाँकेमा जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्रले मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका मौरीपालक किसानलाई अनुदान र तालिम दिई मह उत्पादनमा सहजीकरण गर्दै आएका कारण उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका कृषि स्रोत व्यक्ति अनिश श्रेष्ठले जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताए । उनले महको बजारीकरणका लागि योजना बनिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ८ : ४६ बजे

सभामुख र शीर्ष नेता छलफलमा, गृहमन्त्रीपछि बोल्न पाउनुपर्ने कांग्रेसको अडान

काठमाडौं- सहकारी प्रकरणमा छानबिनका लागि संसदीय बनाउने करामा दलहरू सहमतिनजिक

जसपा नेपाल मधेश प्रदेशको संसदीय दलको बैठक सम्पन्न

जनकपुरधाम– मधेस सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र अलग्गिएपछि पहिलो

दलहरूबीच सहमति जुटेन, कांग्रेसले संसद् अवरोध गर्ने

काठमाडौं–  प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध

अन्तिम २ मिनेटमा झिनो अंकले बढेर बन्द भयो नेप्से, कारोबार ४ अर्बभन्दा माथि

काठमाडौं–बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) अन्तिम २ मिनेटमा झिनो अंकले

मन्त्रिपरिषद् : फिन्ल्यान्डको १३ मिलियन युरो स्वीकार, दुई सहसचिवको सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त १३