महको बजारीकरणमा समस्या « Khabarhub

महको बजारीकरणमा समस्या


१० श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेमा किसानले उत्पादन गरेको स्थानीय महको बजारीकरणमा समस्या देखिएको छ । जिल्लामा किसानले वार्षिक २० टन मह उत्पादन गर्दै आए पनि महको बजारीकरणमा समस्या रहेको कोहलपुर–११ स्थित सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले बताए ।

वार्षिक ३५ देखि ४० क्विन्टलसम्म मह उत्पादन गर्दै आएका रानाले जिल्लामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजीदिन कृषि ज्ञान केन्द्रसँग अनुरोध गरेको जनाए ।

“हामीले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा उत्पादन बढाउन सकिएको छैन । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, उनले भने, “उत्पादित महले बजार नपाउँदा निराश हुनुपर्ने अवस्था सिर्जना हुँदै गएको छ ।”

जिल्लामा रैथाने मह उत्पादन, प्रवरद्धन र संरक्षणमा क्रियाशील अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको मागभन्दा बढी उत्पादन भइरहेकोले नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा जोड दिए ।

हाल बाँके जिल्लामा विभिन्न समूहमार्फत ५० किसानले वार्षिक २० टन मह उत्पादन गरिरहेको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकील अहमदले जानकारी दिए । उनका अनुसार पछिल्लो समयमा बाँकेमा जिल्लाको माग र आवश्यकताभन्दा पनि बढी मह उत्पादन हुन थालेपछि यहाँबाट अन्य जिल्लामा समेत मह निर्यात गर्न थालिएको छ ।

कृषि ज्ञान केन्द्रले मौरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाका मौरीपालक किसानलाई अनुदान र तालिम दिई मह उत्पादनमा सहजीकरण गर्दै आएका कारण उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्रका कृषि स्रोत व्यक्ति अनिश श्रेष्ठले जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको बताए । उनले महको बजारीकरणका लागि योजना बनिरहेको उल्लेख गरे ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ८ : ४६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा