सातवटै प्रदेशमा पानी पर्ने, केही स्थानमा भारी वर्षा हुने | Khabarhub Khabarhub

सातवटै प्रदेशमा पानी पर्ने, केही स्थानमा भारी वर्षा हुने


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । अहिले कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज राति कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू–भागमा रहेको न्यूनचापीय क्षेत्र र बंगलादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ३१ बजे

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

तुलसीपुर – दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १०

खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको

भारतले माल्दिभ्समा निर्माणाधीन विमानस्थलका लागि सहयोग जारी राख्ने

काठमाडौं – भारतले माल्दिभ्समा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोग गर्ने

राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा

धनुषा प्रहरीमा ‘साइबर क्राइम’ सम्बन्धी तीन सय २० उजुरी

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषामा गत आर्थिक वर्ष २०८०/८१