महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ खेल्ने « Khabarhub

महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ खेल्ने


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि भइरहेको चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियसिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्।

समूह चरणको अन्तिम खेलमा मलेसियाँसँग पराजित भए पनि फाइनलमा पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

नेपालले लिगको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित निकालेको थियो । तर हिजो भएको लिगको अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

सिरिजको लिग चरणमा नेपाल, हङकङ र मलेसियाले समान ४–४ अंक बनाए पनि रनरेटको आधारमा नेपाल र हङकङ फाइनलमा पुगेका हुन्।

नेपाल आजको खेलमा जित हात पार्दै प्रतियोगिताको विजेता बन्न चाहन्छ। यसअघि मलेसियामै भएको पाँच खेलको टी–ट्वान्टी शृंखलामा मलेसियालाई ३–२ ले पछि पार्दै नेपालले पहिलो पटक सिरिज जितेको थियो।

आईसीसी विश्वकप एसिया क्षेत्र छनोट भदौ १४ गतेदेखि मलेसियामा सुरु हुँदैछ ।

तेस्रो स्थानका लागि आजै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ४० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु