महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ खेल्ने | Khabarhub Khabarhub

महिला टी–ट्वान्टी सिरिजको उपाधिका लागि आज नेपाल र हङकङ खेल्ने


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


387
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप एसिया क्षेत्र छनोटको तयारीका लागि भइरहेको चार देश सम्मिलित महिला ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियसिरिजको फाइनलमा आज नेपाल र मलेसिया खेल्दैछन्।

समूह चरणको अन्तिम खेलमा मलेसियाँसँग पराजित भए पनि फाइनलमा पुगेको नेपालले बायोमास ओभलमा उपाधिका लागि हङकङविरुद्ध खेल्न लागेको हो। खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ ।

नेपालले लिगको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतविरुद्ध ३४ रनको जित निकालेको थियो । तर हिजो भएको लिगको अन्तिम खेलमा मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

सिरिजको लिग चरणमा नेपाल, हङकङ र मलेसियाले समान ४–४ अंक बनाए पनि रनरेटको आधारमा नेपाल र हङकङ फाइनलमा पुगेका हुन्।

नेपाल आजको खेलमा जित हात पार्दै प्रतियोगिताको विजेता बन्न चाहन्छ। यसअघि मलेसियामै भएको पाँच खेलको टी–ट्वान्टी शृंखलामा मलेसियालाई ३–२ ले पछि पार्दै नेपालले पहिलो पटक सिरिज जितेको थियो।

आईसीसी विश्वकप एसिया क्षेत्र छनोट भदौ १४ गतेदेखि मलेसियामा सुरु हुँदैछ ।

तेस्रो स्थानका लागि आजै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ४० बजे

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ- जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन