लोसपाले मनायो स्थापना दिवस « Khabarhub

लोसपाले मनायो स्थापना दिवस


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झन्डोत्तोलन गरेको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झन्डोत्तोलन गरे । लोसपा स्थापनाको दुई वर्षका अवसरमा झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए।

सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरूले उठाउँदै आएको मुद्दा सम्बोधन नभएसम्म एकताबद्ध भएर थप पहलकदमी लिन जरुरी भएको बताएका थिए।

उनले पार्टी स्थापनाका अवसरमा नेता कार्यकर्ताबीच आपसी भाइचारा र सहअस्तित्व कायम गरी राजनीतिक विचारधाराको सम्वद्र्धनमा सक्रियरूपले लाग्न पनि आग्रह गरे। कार्यक्रममा लोसपाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ३ : ११ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको