लोसपाले मनायो स्थापना दिवस « Khabarhub

लोसपाले मनायो स्थापना दिवस


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झन्डोत्तोलन गरेको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झन्डोत्तोलन गरे । लोसपा स्थापनाको दुई वर्षका अवसरमा झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए।

सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरूले उठाउँदै आएको मुद्दा सम्बोधन नभएसम्म एकताबद्ध भएर थप पहलकदमी लिन जरुरी भएको बताएका थिए।

उनले पार्टी स्थापनाका अवसरमा नेता कार्यकर्ताबीच आपसी भाइचारा र सहअस्तित्व कायम गरी राजनीतिक विचारधाराको सम्वद्र्धनमा सक्रियरूपले लाग्न पनि आग्रह गरे। कार्यक्रममा लोसपाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ३ : ११ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना