‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने « Khabarhub

‘मर्स्याङ्दी ग्रुप’ ले घनपोखरामा जलविद्युत आयोजना निर्माण गर्ने


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मर्स्याङ्दी गाउँपालिकामा गठित ‘मर्स्याङ्दी ग्रुप’ ले गाउँपालिकामा कम्तीमा १ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

मर्स्याङ्दी गाउँपालिका-२, खनपोखराको किचे खोलाको पानीलाई सदुपयोग गरी साना जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरिएको छ । 

‘मस्र्याङ्दी ग्रुप’ को शुक्रबार गाउँपालिकामा आयोजित शेयर सदस्यहरूको पहिलो भेलाले जलविद्युत आयोजना निर्माणको लागि मर्स्याङ्दी जलविद्युत कम्पनी लिमिटेड गठन गरेको छ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा संविधान सभा सदस्य समेत रहेका जमीन्द्रमान घले रहेका छन् । सदस्यहरुमा चेत बहादुर गुरुङ, मनिप्रसाद गुरुङ, पूर्णबहादुर गुरुङ र टीकाराम भण्डारी चयन भएका छन्। समितिको प्रमुख सल्लाहकार राप्रपा उपाध्यक्ष समेत रहेका हेमजङ गुरुङ र सल्लाहकारहरूमा बमबहादुर भण्डारी र चन्द्रलाल गुरुङ चयन भएका छन्।

जलविद्युत आयोजना निर्माणको लागि कम्पनीले आवश्यक सबै प्रक्रिया थाल्नेछ । आयोजना निर्माणका लाग्ने बजेट ग्रुपले व्यवस्थापन गर्ने मर्स्याङ्दी गाउँपालिका अध्यक्ष समेत रहेका मर्स्याङ्दी ग्रुपका अध्यक्ष अर्जुन गुरुङले बताए । 

उनका अनुसार छिट्टै सबै कानुनी तथा प्रक्रियागत थालनी कम्पनीले अघि बढाउनेछ । ग्रुपका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको बेलामा संविधान सभा सदस्य जमिन्दमान घले र राप्रपा केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङले विशेष सम्बोधन गरेका थिए । दुवैजनाले मर्स्याङ्दी गाउँपालिकाको सर्वाङ्गीण विकासको लागि सबै एक हुनुपर्नेमा जोड दिए। 

मर्स्याङ्दी गाउँपालिकामा उद्योग व्यवसाय स्थापना गरेर रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको मर्स्याङ्दी ग्रुपमा करिब ५ सय जना जोडिएका छन् । उनीहरूले पहिलो किस्ता स्वरूप २५ हजार रूपैयाँ जम्मा गरेका छन् । शेयर राख्न अझै पर्याप्त समय र सूचना नपाएको जनगुनासोलाई मध्यनजर गर्दै भदौ १० गतेसम्म समय थप गर्ने निर्णय गरिसकिएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ४ : ३० बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले