मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौँ : मन्त्री यादव « Khabarhub

मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौँ : मन्त्री यादव


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बारा– मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेसमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताएका छन् ।

मधेस प्रदेश क्रिकेट सङ्घको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताए । मधेसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उनले क्रिकेटका माध्यमबाट मधेसको मान सम्मान बढेको बताए । 

‘मधेसलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्णरुपमा प्रतिबद्ध छ’, मन्त्री यादवले भने–’खेलाडी देशको गहना भएकाले उनीहरूको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश सरकार कुनै कसर बाँकी राख्दैन ।’ 

नेपाल क्रिकेट सङ्घ (क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेस प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्व बढेको प्रष्ट पारे। ‘काठमाडौँबाहेक अन्य ठाँउमा सुविधा सम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छैनन्’, उनले भने। वीरगञ्ज, पोखरा, भैरहवा, विराटनगर, चितवन, हेटौँडा, जनकपुरलगायत ठाउँमा सरकारले अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्नुपर्नेमा अध्यक्ष चन्दले जोड दिए। 

मधेस प्रदेश क्रिकेट सङ्घका अध्यक्ष हिरा भगतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेस प्रदेशसभा सदस्य सतिष सिंह, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, कलैया उपमहानगरपालिका नगरप्रमुख विनोद साह, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, नेपाल क्रिकेट सङ्घका कार्यवाहक सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य प्रशान्तविक्रम सिंह, मधेस प्रदेश सचिव आयुष श्रेष्ठ, क्रिकेट सङ्घ बाराका अध्यक्ष प्रभातकुमार चौरसियालगायतले अधिवेशन सफलताको कामना गरेका थिए ।  

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ४ : ३८ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा