बाम एकताका लागि केपी ओली बाधक : माधव नेपाल | Khabarhub Khabarhub

बाम एकताका लागि केपी ओली बाधक : माधव नेपाल


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम एकताका लागि केपी ओली बाधक रहेको आरोप लगाएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकताका लागि पहल गरेपनि केपी ओली बाधक बनेको आरोप लगाएका हुन् ।

उनले तत्कालीन नेकपा विघटन भएपछि पनि आफूले नेकपालाई पुन ब्युँताउने प्रयास गरेपनि सफल हुन नसकेको बताए । त्यस्तै अध्यक्ष नेपालले केपी ओली कै कारण आफूहरुलाई सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गरे ।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अव पार्टीले केही कदम चाल्ने संकेत गरे ।
उनले पार्टीलाई बलियो बनाउन र देशभर संगठन बिस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ५ : १३ बजे

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको

कांग्रेस संसदीय दलको बैठक बस्दै, भावी रणनीति बनाउने

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक