बाम एकताका लागि केपी ओली बाधक : माधव नेपाल « Khabarhub

बाम एकताका लागि केपी ओली बाधक : माधव नेपाल


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाम एकताका लागि केपी ओली बाधक रहेको आरोप लगाएका छन् ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको बैठकलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम एकताका लागि पहल गरेपनि केपी ओली बाधक बनेको आरोप लगाएका हुन् ।

उनले तत्कालीन नेकपा विघटन भएपछि पनि आफूले नेकपालाई पुन ब्युँताउने प्रयास गरेपनि सफल हुन नसकेको बताए । त्यस्तै अध्यक्ष नेपालले केपी ओली कै कारण आफूहरुलाई सुन तस्करी प्रकरणमा छलफल गर्न सर्वदलीय छलफलमा निषेध गरेको जिकिर गरे ।

राष्ट्रिय मान्यता प्राप्त नगरेको भन्दै पार्टीलाई हेप्ने काम भएको भन्दै अध्यक्ष नेपालले अव पार्टीले केही कदम चाल्ने संकेत गरे ।
उनले पार्टीलाई बलियो बनाउन र देशभर संगठन बिस्तार गर्न विद्यार्थी संगठनलाई निर्देशन दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ५ : १३ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना