ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड « Khabarhub

ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा वृद्धाश्रमको आज आयोजित २६औँ वार्षिक साधारणसभामा ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच पाउनुपर्ने हक सुनिश्चित हुनुुपर्नेमा जोड दिइएको छ । संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरेपनि कतिपय ज्येष्ठ नागरिक अहिले पनि हकअधिकारबाट बञ्चित भएको वक्ताहरूले बताएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँचन पाउनुपर्ने बताउँदै त्यसको पहिलो दायित्व परिवारको र दोस्रो दायित्व राज्यको भएको बताइन् । विभिन्न हकसहितको नागरिक संविधानले परिकल्पना गरेको बताउँदै उनले उल्लेखित हक अधिकारको कार्यान्वयन अपरिहार्य भएको बताइन् । ज्येष्ठ नागरिको संरक्षणमा पोखरा वृद्धाश्रमले गरेको योगदानको उनले प्रशंसा गरिन् ।

प्रदेशसभा सदस्य भीम कार्कीले पोखरा वृद्धाश्रमले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकलाई साहारा दिएको बताउँदै समाजमा उनीहरुको सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक, अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा जोड दिए । पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको संरक्षणमा चाहे अनुसारको व्यवस्थापन अझै गर्न नसकिए पनि निरन्तर रुपमा लागिरहेको बताए ।

समुदायमा आधारित वृद्धाश्रमका रुपमा पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिकको संरक्षण गर्दै उनीहरुको हक, अधिकार सुनिश्चित गरिरहेको उनले जानकारी गराए । ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए ।

वृद्धाश्रमले विभिन्न तीन टोलमा घुम्ती स्वास्थ्य सेवा सञ्चालनको योजना बनाइरहेको उनको भनाइ थियो । वार्षिक साधारसभाका अवसरमा पत्रकारिता एवं लेखनका माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार’ बाट रविन्द्र माकाजुलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गौला लगायतको रोगको उपचारका लागि सहयोग पुर्‍याउन स्व छोरा ध्रुव लम्सालको स्मृतिमा रू एक लाखको स्वास्थ्य कोष स्थापनार्थ चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगी, नेपाल निवृत्त समाजका केन्द्रीय उपाध्यक्ष तोयानाथ लामिछानेलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ५ : ५५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन