स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण  | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री बस्नेतद्वारा हेलम्बुको बाढी प्रभावित क्षेत्र निरीक्षण 


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा गएको बाढीले पुगेको क्षति निरीक्षण गरेका छन् ।

बाढीले पुगेको क्षति र जनताको अवस्था बुझ्नका लागि मन्त्री बस्नेतले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । सो क्रममा उनले हेलम्वुको ग्यालथुममा रहेको श्री सरस्वती माध्यमिक विद्यालयका भौतिक संरचनाहरूमा क्षति पुगेको थप क्षति हुन नदिन काम भइरहेको बताए । 

चनौटे बेलिब्रिज, मेलम्ची बेलिब्रिज लगायत केही घरहरूमा बाढीले निरन्तर पुर्‍याएको असर तथा प्राकृतिक विपत्तिका बारेमा जानकारी लिँदै यसबाट परेको समस्या समाधान गर्ने जनाए ।

उनले कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरूलाई पनि बाढी प्रभावित जनताको राहत र उद्धारका काम गर्न निर्देशन दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ६ : ३७ बजे

बझाङका तीन केन्द्रको मतपेटिका हेलिकप्टरबाट संकलन गरिने

काठमाडौं । बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई