करेन्ट लागेर तनहुँमा एकै दिन तीन जना घाइते « Khabarhub

करेन्ट लागेर तनहुँमा एकै दिन तीन जना घाइते


९ भदौ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

तनहुँ– करेन्ट लागेर तनहुँमा एकै दिन जना घाइते भएका छन्।

म्याग्दे गाउँपालिका–६ मनपाङ काल्टेमा बिजुलीको तार अचानक चुँडिएर पानीमा करेन्ट प्रवाह हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

बाटोमा हिँडिरहेका स्थानीय ५० वर्षीय सीता गैरे र २५ वर्षीय सुमिना गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। घाइते दुवैको जिएसी हस्पिटल पोखरामा उपचार भइरहेको छ।

यस्तै, शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार ग्यास्लिङमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक वृद्ध घाइते भएका छन्। स्थानीय ७३ वर्षीय जयराम पाण्डे घाइते भएका हुन्।

पाण्डेलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ। उनको पनि उपचार भइरहेको छ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ७ : २० बजे

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. टण्डन

काठमाडौं- नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो

राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान

जनकपुरधाम- जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न