राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु « Khabarhub

राप्ती खोलाले बगाउँदा एकजनाको मृत्यु


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

मनहरी– हेटौँडामा राप्तीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्तीखोलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

खोलामा मान्छेजस्तो वस्तु तैरिरहेको स्थानीयले देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र स्थानीयको सहयोगमा मृतक भारतीको शव बाहिर निकालिएको प्रवक्ता कार्कीले बताए । 

बिहीबारदेखि परेको अविरल वर्षाका कारण राप्तीखोलाको बहाव बढेको छ । मृतक भारतीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ७ : ३८ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा