देउडाले गुञ्जायमान सुदूरका बस्ती « Khabarhub

देउडाले गुञ्जायमान सुदूरका बस्ती


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौँको टुडिखेलबाट पश्चिमको दार्चुलासम्म देउडा खेलले माहोल रोमाञ्चक बनेको छ । अहिले सुदूरपश्चिमवासी देउडामा रमाएका छन् ।

देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ । पाइतालाको चालकै आधारमा डेढ पाइला अगाडि र डेढ पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकार बताउँछन् ।

“देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भने, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देवगाथालाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।

“देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्दछ”, भट्टले भने, “यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल प्रतिउत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषयवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यङ्ग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त मीतबन्धु बताउँछन् । “देउढामा समाजका राम्रा–नराम्रा पक्ष र समसामयिक घटना उठानका साथै मायाप्रेमका कुरा पनि आउने गर्दछन्”, उहाँले भने, “यो विशेषगरी गौरा तथा मेला पर्वमा खेल्ने गरिन्छ ।”

देउडा खेल्नका लागि कुनै विशेष पर्व नै हुनुपर्छ भन्ने नभएको उनले बताए । “सुदूरपश्चिममा पहिले–पहिले मनोरञ्जनका लागि विवाह, व्रतबन्ध र अन्य चाडवाडमा पनि खेल्दै आएको पाइन्छ”, उनले भने, “गौरा पर्वका अवसरमा भने देउडा बढी मात्रामा खेल्ने गरिन्छ ।” देउडा महिला तथा पुरुषका छुट्टाछुट्टै र कतै मिश्रितरूपमा पनि हुने गरेको पाइन्छ । देउडामा सुखदुःख, मायाप्रेम, हास्यव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्ति–उपदेशका प्रश्न–उत्तरमा आधारित गीत प्रस्तुत गर्ने राजमति जाग्री बताए ।

“माया पिरतीका कुरा देवी–देवताका कुराकानी गीतमार्फत गर्ने गर्छौ’ जाग्रीले भने, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने र साथीभाइको भेटघाट हुने माध्यम पनि बनेको छ ।” प्रविधिको विकाससँगै डोट्याली लोकगीतको विकास हुने क्रममा विभिन्न बाजागाजासहित देउडा गीत रेकर्ड हुने क्रम पनि बढ्दै गएको पाइन्छ । यसरी गीतमात्रै गाउनु डेउडा गीत हो भने गायनसँगै खेल्नु देउडा खेल हो ।

गौराका अवसरमा गाउँबाट बजारसम्मका महिला–पुरुष देउडामा रम्न थालेका छन् । महेन्द्रनगर बजार क्षेत्रमा मात्रै एक दर्जन बढी थलोमा देउडा खेल सुरु भएको छ । केही थलोमा विभिन्न सङ्घसंस्थाले अगुवाइ गरेका छन् । ग्वाल्लेक नागार्जुन समाज महेन्द्रनगरले शीवधामस्थित संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम आयोजना गरेको छ । समाजले देउडा, ठाडो खेल आयोजना गरेको हो ।

गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको पाइन्छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिममा महिनौसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो, यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । देउडामा भेदभाव पनि हुँदैन यो खेल नारी–पुुरुष, युवा–पाका सबै पुुस्ताले खेल्न पाउँछन्, यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय यसको महत्व अझ बढेको पाइन्छ ।

 

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : ३६ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा