कांग्रेस सक्षम भए कसैसँग गठबन्धन गर्नु पर्दैन : शशांक कोइराला « Khabarhub

कांग्रेस सक्षम भए कसैसँग गठबन्धन गर्नु पर्दैन : शशांक कोइराला


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जिल्लाका विवाद र समस्या केन्द्रमा जाँदा केन्द्रनै ध्रुवीकृत हुने अवस्था बन्ने भएकाले कांग्रेसलाई विकेन्द्रिकरण गरेर जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए ।

“पार्टीमा रहेको केन्द्रमुखी र केन्द्रिकृत अभ्यासलाई राज्य संरचना विकेन्द्रित भएजस्तै विकेन्द्रिकरण जरुरी छ”, उनले भने, “जिल्लाका विवाद र समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने व्यवस्था गर्नुपर्दछ ।” अधिवेशनको समयमा पार्टीभित्र गुटबन्दी हुनु स्वभाविक भएको बताउँदै केन्द्रीय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निष्क्रिय भएर जाने जिकिर गरे । उनले कांग्रेस सक्षम भए कसैसँग पनि गठबन्धन गर्नु नपर्ने धारणा राखे ।

“कांग्रेस आफ्नो खुट्टामा आफैँ उभियो भने कसैले पनि हल्लाउन सक्दैन, कोइरालाले भने, “हामी एक भयौँ भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।” उनले आफू मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गरे । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ०८ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग