कांग्रेस सक्षम भए कसैसँग गठबन्धन गर्नु पर्दैन : शशांक कोइराला « Khabarhub

कांग्रेस सक्षम भए कसैसँग गठबन्धन गर्नु पर्दैन : शशांक कोइराला


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बाँके – नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँकेले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता कोइरालाले जिल्लाका विवाद र समस्या केन्द्रमा जाँदा केन्द्रनै ध्रुवीकृत हुने अवस्था बन्ने भएकाले कांग्रेसलाई विकेन्द्रिकरण गरेर जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिए ।

“पार्टीमा रहेको केन्द्रमुखी र केन्द्रिकृत अभ्यासलाई राज्य संरचना विकेन्द्रित भएजस्तै विकेन्द्रिकरण जरुरी छ”, उनले भने, “जिल्लाका विवाद र समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने व्यवस्था गर्नुपर्दछ ।” अधिवेशनको समयमा पार्टीभित्र गुटबन्दी हुनु स्वभाविक भएको बताउँदै केन्द्रीय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निष्क्रिय भएर जाने जिकिर गरे । उनले कांग्रेस सक्षम भए कसैसँग पनि गठबन्धन गर्नु नपर्ने धारणा राखे ।

“कांग्रेस आफ्नो खुट्टामा आफैँ उभियो भने कसैले पनि हल्लाउन सक्दैन, कोइरालाले भने, “हामी एक भयौँ भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।” उनले आफू मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गरे । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ९ : ०८ बजे

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको