पार्टी अलपत्र हुने डरले राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरेँ : माधव नेपाल « Khabarhub

पार्टी अलपत्र हुने डरले राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार गरेँ : माधव नेपाल


९ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनका निम्ति सरकारले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरिएकामा असन्तुष्टी व्यक्त गरेका छन् ।

पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले संसद् खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरूको बैठकमा आफ्नो पार्टी सहभागी हुन नपाएको बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले राष्ट्रिय मान्यताप्राप्त दल नभएका आधारमा आफूहरूलाई निषेध गरेको बताए । उनले आफ्नो पार्टीले जनताको मन जितेर राजनीतिक शक्ति बढाउन देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव आए पनि पार्टीलाई अलपत्र छाडेर राष्ट्रपति हुँदा आलोचना हुने भएकाले राष्ट्रपति हुने इच्छा नगरेको दाबी गरे ।

उनले मुलुकको शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीअनुसार उपलब्धि हासिल हुन नसकेकाले अब विद्यार्थी आन्दोलन गुणस्तरीय शिक्षाका लागि केन्द्रित हुनुपर्ने बताए । उनले शिक्षालाई उत्पादनसँग जोडेर व्यावसायिक सीप तथा क्षमता विकास गर्न सके उत्पादनका साथै रोजगारी बढ्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  १० : ३१ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ