किन बढ्दै छ मुटुरोग ? | Khabarhub Khabarhub

किन बढ्दै छ मुटुरोग ?


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटुरोग देखिएको छ। किन बढ्दै छ मुटुरोग ? यसका लक्षण के हुन् ? सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले किन सबैलाई देखिन थालेको छ ? के हो हृदयघात ? यसलाई कसरी कम गर्न सकिन्छ ? मुटुरोग विशेषज्ञ डा. कमल लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय मुटु रोग किन बढ्दैछ ?
सामान्यतया मुटुसम्बन्धी रोगको समस्या विश्वभर नै बढ्दो छ। तर, दक्षिण एसियाली देशमा तुलनात्मक रूपमा अझै बढेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय युवापुस्तामा मुटुको समस्या धेरै बढेको पाइन्छ। अस्वस्थ्य जीवनशैलीका कारण युवापुस्तामा यो समस्या बढेको देखिन्छ। हृदयघात भनेको मुटुको रक्तनलीसँग सम्बन्धित समस्या हो। उमेर बढ्दै जाँदा मुटुको भल्भमा समस्या आउने, मांशपेसी सम्बन्धी रोग र मुटुको धड्कन सम्बन्धी रोग हुन्छन्। मुटुको रक्तनलीसँग सम्बन्धित रोग जुन हृदयघात हो। कतिपय अवस्थामा मुटुरोग जन्मजात पनि हुनसक्छ।

युवापुस्तामा मुटुरोग बढ्दै जानुको कारण के हो ?
पहिले मुटुरोग ५० वर्ष माथिको उमेर समूहमा हुनेगर्छ भनेर बुझिन्थ्यो। अहिले पनि प्रेसर, सुगर भएका व्यक्तिमा मुटुरोग बढ्दो मात्रामा छ। अहिलेको समयमा युवापुस्तामा यो धेरै देखिनुमा मुख्यतया जंकफुडको प्रयोगले यो समस्या बढेको पाइन्छ। जंकफुडमा ट्रान्स फयाट् बढी कारण पनि हो। आजभोलिका युवामा शारीरिक कसरतको कमीले मुटुरोगको जोखिम बढीरहेको छ। अहिले युवापुस्तामा शारीरिक भन्दा मेन्टल वर्क बढी देखिन्छ।

वातावरणमा प्रदूषण बढीरहेको छ। यसले पनि मुटुरोग समस्या बढीरहेको पाइन्छ। कम उमेरमै चुरोट, जाँडरक्सी सेवन गर्ने र तनाव लिने कारणले पनि मुटुरोगको जोखिम युवापुस्तामा बढेको पाइन्छ।

मुटु रोगका लक्षण के के देखिन्छन् ?
मुटुरोगको मुख्य लक्षण हृदयघात हो। सामान्यतया हृदयघात हुँदा छातीको बीच भागमा केही गाह्रो वस्तुले थिचेको जस्तो हुन्छ। भारी हुने र दुख्ने हुन्छ। हिँडडुल गर्दा यो समस्या बढी हुन्छ। कहिलेकाही बढी भएको अवस्थामा छातीको दुखाइसँगै, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, मुटुको धड्कन बढी हुने जस्ता लक्षण देखा पर्छन्। यी लक्षण देखापर्नसाथ अस्पताल गएर मुटुको इसीजीसँगै रगत परीक्षण गरेर हृदयघात भए नभएको थाहा पाउन सकिन्छ।

कस्तो अवस्थामा मुटुको अप्रेशन गर्नेुपर्ने हो ?
कसैलाई हृदयघात भएको छ, मुटुको धमनीहरु ब्लक भएर बोसो जमेको छ भने खुलाउन एन्जिओप्लाष्टी गर्नुपर्ने हुन्छ। यो इमर्जेन्सी भएको बेलामा वा हृदयघात भएपछि गरिन्छ। हृदयघात भएको बिरामीलाई एन्जिओप्लाष्टी नगरी वाइपास गर्नुपर्ने हुन्छ। यो मेजर अप्रेशन हो। योबाहेक जन्मजात मुटुमा प्वाल भएको, भल्वमा खराबी आएर भल्व फेर्नुपर्ने भयो भने अप्रेशन गर्नुपर्ने हुन्छ।

मुटुको रोगभएमा कस्तो खाना खाने वा नखाने ?
मुटुको रोग खानपान र जीवनशैलीमा जोडिएको नै हुन्छ। त्यसैले स्वस्थ खाना खानुपर्छ। स्वस्थ खानामा पनि रातो मासु कम र कुखुरा र माछाको सेतो मासु ठिकै खाने गर्नुपर्छ। खानामा नुनको मात्रा कम गर्ने। जंक फुडहरू कम गर्ने। चिल्लो बोसो भएको खाना कम गर्ने। फलफूल सागपात प्रोटिनको मात्रा बढाउने खालका खाने कुरा खानुपर्छ। भात कम खानुपर्छ। भातले पनि मोटोपना बढाएको छ।

मुटुमा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि चुरोट, रक्सीको सेवन गर्नु हुँदैन। कम उमेरमै यस्ता पेय पदार्थ धेरै सेवन गर्नाले मुटुरोग निम्ताउँछ। नियमित शारीरीक व्ययाम गर्नाले धेरै फाइदा हुन्छ। चिल्लो खानेकुरा धेरै खानु हुँदैन। आफ्नो उमेर अनुसार तौल निर्धारण गर्ने। ब्लड प्रेसर, सुगरलगायतका रोहरु नियन्त्रण गर्नुपर्छ। खानामा मासुजन्य र कार्बोहाइटेड भएको कुरा कम खाने र तरकारी तथा फलफूल धेरै खाने गर्नुपर्छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ४० बजे

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा