किन बढ्दै छ मुटुरोग ? « Khabarhub

किन बढ्दै छ मुटुरोग ?


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुटुरोगको जोखिम केही दशकयता बढ्दै गइरहेको छ। अव्यवस्थित जीवनशैली, अस्वस्थ खानपान, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र धूम्रपानका कारण युवामा हृदयघातको जोखिम बढिरहेको चिकित्सकको भनाइ छ। संसारमा अकालमा मृत्यु हुने प्रमुख कारण मुटुरोग देखिएको छ। किन बढ्दै छ मुटुरोग ? यसका लक्षण के हुन् ? सुरु सुरुमा धनी मानिसमा मात्र देखिने भनिएको मुटुको समस्या अहिले किन सबैलाई देखिन थालेको छ ? के हो हृदयघात ? यसलाई कसरी कम गर्न सकिन्छ ? मुटुरोग विशेषज्ञ डा. कमल लम्सालसँग गरिएको कुराकानीको सम्पादित अंशः

पछिल्लो समय मुटु रोग किन बढ्दैछ ?
सामान्यतया मुटुसम्बन्धी रोगको समस्या विश्वभर नै बढ्दो छ। तर, दक्षिण एसियाली देशमा तुलनात्मक रूपमा अझै बढेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय युवापुस्तामा मुटुको समस्या धेरै बढेको पाइन्छ। अस्वस्थ्य जीवनशैलीका कारण युवापुस्तामा यो समस्या बढेको देखिन्छ। हृदयघात भनेको मुटुको रक्तनलीसँग सम्बन्धित समस्या हो। उमेर बढ्दै जाँदा मुटुको भल्भमा समस्या आउने, मांशपेसी सम्बन्धी रोग र मुटुको धड्कन सम्बन्धी रोग हुन्छन्। मुटुको रक्तनलीसँग सम्बन्धित रोग जुन हृदयघात हो। कतिपय अवस्थामा मुटुरोग जन्मजात पनि हुनसक्छ।

युवापुस्तामा मुटुरोग बढ्दै जानुको कारण के हो ?
पहिले मुटुरोग ५० वर्ष माथिको उमेर समूहमा हुनेगर्छ भनेर बुझिन्थ्यो। अहिले पनि प्रेसर, सुगर भएका व्यक्तिमा मुटुरोग बढ्दो मात्रामा छ। अहिलेको समयमा युवापुस्तामा यो धेरै देखिनुमा मुख्यतया जंकफुडको प्रयोगले यो समस्या बढेको पाइन्छ। जंकफुडमा ट्रान्स फयाट् बढी कारण पनि हो। आजभोलिका युवामा शारीरिक कसरतको कमीले मुटुरोगको जोखिम बढीरहेको छ। अहिले युवापुस्तामा शारीरिक भन्दा मेन्टल वर्क बढी देखिन्छ।

वातावरणमा प्रदूषण बढीरहेको छ। यसले पनि मुटुरोग समस्या बढीरहेको पाइन्छ। कम उमेरमै चुरोट, जाँडरक्सी सेवन गर्ने र तनाव लिने कारणले पनि मुटुरोगको जोखिम युवापुस्तामा बढेको पाइन्छ।

मुटु रोगका लक्षण के के देखिन्छन् ?
मुटुरोगको मुख्य लक्षण हृदयघात हो। सामान्यतया हृदयघात हुँदा छातीको बीच भागमा केही गाह्रो वस्तुले थिचेको जस्तो हुन्छ। भारी हुने र दुख्ने हुन्छ। हिँडडुल गर्दा यो समस्या बढी हुन्छ। कहिलेकाही बढी भएको अवस्थामा छातीको दुखाइसँगै, श्वास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, मुटुको धड्कन बढी हुने जस्ता लक्षण देखा पर्छन्। यी लक्षण देखापर्नसाथ अस्पताल गएर मुटुको इसीजीसँगै रगत परीक्षण गरेर हृदयघात भए नभएको थाहा पाउन सकिन्छ।

कस्तो अवस्थामा मुटुको अप्रेशन गर्नेुपर्ने हो ?
कसैलाई हृदयघात भएको छ, मुटुको धमनीहरु ब्लक भएर बोसो जमेको छ भने खुलाउन एन्जिओप्लाष्टी गर्नुपर्ने हुन्छ। यो इमर्जेन्सी भएको बेलामा वा हृदयघात भएपछि गरिन्छ। हृदयघात भएको बिरामीलाई एन्जिओप्लाष्टी नगरी वाइपास गर्नुपर्ने हुन्छ। यो मेजर अप्रेशन हो। योबाहेक जन्मजात मुटुमा प्वाल भएको, भल्वमा खराबी आएर भल्व फेर्नुपर्ने भयो भने अप्रेशन गर्नुपर्ने हुन्छ।

मुटुको रोगभएमा कस्तो खाना खाने वा नखाने ?
मुटुको रोग खानपान र जीवनशैलीमा जोडिएको नै हुन्छ। त्यसैले स्वस्थ खाना खानुपर्छ। स्वस्थ खानामा पनि रातो मासु कम र कुखुरा र माछाको सेतो मासु ठिकै खाने गर्नुपर्छ। खानामा नुनको मात्रा कम गर्ने। जंक फुडहरू कम गर्ने। चिल्लो बोसो भएको खाना कम गर्ने। फलफूल सागपात प्रोटिनको मात्रा बढाउने खालका खाने कुरा खानुपर्छ। भात कम खानुपर्छ। भातले पनि मोटोपना बढाएको छ।

मुटुमा कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि चुरोट, रक्सीको सेवन गर्नु हुँदैन। कम उमेरमै यस्ता पेय पदार्थ धेरै सेवन गर्नाले मुटुरोग निम्ताउँछ। नियमित शारीरीक व्ययाम गर्नाले धेरै फाइदा हुन्छ। चिल्लो खानेकुरा धेरै खानु हुँदैन। आफ्नो उमेर अनुसार तौल निर्धारण गर्ने। ब्लड प्रेसर, सुगरलगायतका रोहरु नियन्त्रण गर्नुपर्छ। खानामा मासुजन्य र कार्बोहाइटेड भएको कुरा कम खाने र तरकारी तथा फलफूल धेरै खाने गर्नुपर्छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ४० बजे

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय

शान्तिका सम्भावित उपाय खोज्दै पाकिस्तानी सेना प्रमुख मुनीर इरानमा

इस्लामावाद- पाकिस्तानका सेना तथा रक्षा बल प्रमुख फिल्ड मार्सल असिम