ब्रेकिङ स्टोरी

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र आज

By खबरहब

September 26, 2023

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हिजो पार्टी अध्यक्ष केपी शर्माले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो ।

बिहान ८ बजे सुरु हुने बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन् ।

अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।

प्रदेश अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, रचना खड्का, केशवराज पाण्डे, विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेल, वाग्मती प्रदेशसभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ अध्यक्षको दाबेदार रहेका छन् ।