क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने | Khabarhub Khabarhub

क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछाने आज १९औँ एसियन गेम्सका लागि चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् ।

अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज मध्याह्न १२ बजे चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग समूह चरणका खेल खेल्ने छ ।

सन्दीपसँगै आज सागर ढकाल पनि चीन जाँदैछन् । ललित राजवंशी घाइते भएपछि टिममा परेका सागर भिषा समस्याका कारण  टिमसँग जान पाएका थिएनन् । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ४६ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग