दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईजनाको अवस्था गम्भीर « Khabarhub

दाङमा बस दुर्घटना हुँदा २० जना घाइते, दुईजनाको अवस्था गम्भीर


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०३६२ नम्बरको रात्रि बस आज बिहान ६ बजेतिर पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– ९ शिवखोलामा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ।

घाइतेलाई उपचारका लागि लमही अस्पतालमा पठाइएको छ । बसमा ४० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । 

 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : १८ बजे

बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना

सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका