पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सारिने | Khabarhub Khabarhub

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई अदियाला जेलमा सारिने


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई पञ्जाब प्रान्तको अटक जेलबाट रावलपिण्डीको ग्यारिसन सहरको अदियाला जेलमा सार्न आदेश दिएको छ।

तेहरिक ए इस्लाम पार्टीका नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीलाई उच्च सुरक्षा मानिएको अदियाला जेलमा राख्न इस्लामावाद उच्च अदालतमा याचिका दायर गरिएको थियो।

उच्च अदालतका मुख्य न्यायाधीशले इमरान खानलाई अटक जेलबाट रावलपिंडीको अदियाला जेलमा सार्न निर्देशन दिएका हुन् । 

७० वर्षीय इमरान खानलाई तोशखाना भ्रष्टाचार मुद्दामा अगस्ट ५ देखि अटक जेलमा राखिएको थियो । इस्लामावाद उच्च अदालतले उनको सजाय निलम्बन गरे पनि गोप्य कागजात चुहावटको मुद्दामा उनलाई अटक जेलमा राखिएको थियो।

इस्लामावाद अदालतले पूर्वप्रधानमन्त्रीलाई तीन वर्षको जेल सजाय सुनाएको छ । इमरान खान पक्राउ परेदेखि नै अटक जेलमा रहेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ३३ बजे

नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आह्वान

काठमाडौँ– संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्ताहरूलाई नेपालमा लगानीका अवसरहरुबाट

क्यान्सरको उपचार गर्दा एचआईभी ठिक

सन् १९८०को दशक एचआईभी सङ्क्रमण र एड्स रोगका कारण संसार

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ

केपी ओली टी-२० को फाइनलमा मधेस प्रदेश र आर्मी भिड्दै

पोखरा– पोखरामा जारी ‘केपी ओली कप टी-ट्वान्टी राष्ट्रिय क्रिकेट’ प्रतियोगिताको

बालकृष्ण खाँणलगायतको मुद्दाको फैसाला आज

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा आज फैसाला आउने सम्भावना रहेको छ