परम्परागत ‘भोदी खेल’ संरक्षणमा जुट्दै थारू समुदाय « Khabarhub

परम्परागत ‘भोदी खेल’ संरक्षणमा जुट्दै थारू समुदाय


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)का थारू समुदाय परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । यसका लागि जिल्लामा प्रतियोगिता समेत सञ्चालन गरिएको छ ।

श्रीथान कुमारवर्ती गुठीका उपाध्यक्ष पतिराम थनेतले अनत पर्वका अवसरमा थारू समुदायले खेल्ने भोदी खेल संरक्षणका लागि थारू युवा समूहबीच प्रतियोगिता सञ्चालन गरिएको बताए । 

‘भोदी खेलमा एक समूहमा दश जना हुने गर्दछन्, भुइँमा नौवटा लठ्ठी गाडेर राखिन्छ, पालैपालो हानेर लठ्ठी निकाल्ने गरिन्छ, जुन समूहले सबै लठ्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुन्छ’ उनले भने ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)सहित तराई क्षेत्रका थारू समुदायले अनत पर्वलाई सहकालका देवता इन्द्रको पूजा गरी मनाउने गर्दछन् । 

अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी  बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रा फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिक कार्य गरिने थनेतले बताए ।

इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ । भोदी खेल थारू समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको उनको भनाइ छ । 

अनतका अवसरमा अन्नबालीलाई आवश्यक पानी पारिदिन इन्द्र भगवानको उपासनासँगै भोदी खेल खेल्ने प्रचलन जिल्लामा विसं २०५२ देखि सुरु गरिएको उपाध्यक्ष थनेतले बताए । उनले भने, ‘लोप हुने अवस्थाको यस खेलको संरक्षण गर्दा थारूको कला संस्कृति र परम्परासमेत उजागर भएको छ ।’

थारू समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनन्त चतुर्दशी पर्वलाई पनि थारू समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् । यस पर्व ठाउँ र परिवेशअनुसार फरक तरिकाले मनाउने गरिएको थारू अगुवा चिन्तामणि महतोले बताए ।

‘यहाँका थारूहरूले व्रत बसी पूजा गर्ने गर्दछन्, यसै दिन व्रत बसेर लट्ठीले हानेर खेलिने मौलिक खेललाई नै भोदी खेल भनिन्छ’, उनले भने, ‘भाद्र चतुर्दशीमा मनाइने अनत पर्व विसं १८२५ देखि मनाउन सुरु गरिएको हो ।’

भोदी खेल धार्मिक र ऐतिहासिक महत्व बोकेको हुँदा थारू समुदायका अगुवाले यसको संरक्षणका लागि हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको महतोले बताए । यसबाट नयाँ पुस्तालाई खेलको महत्व बुझाउन र सिकाउन सहज भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १० : ५९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा