फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री दाहाल चीनको छोङछिङमा

By खबरहब

September 26, 2023

बेइजिङ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छोङछिङ पुगेका छन् । 

उनलाई छोङछिङमा महानगरका उपप्रमुख डाङ यानजेङ र चाङ गउजीले विमानस्थलमा स्वागत गरेका छन् ।

प्रधानमन्त्रीले आज छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्समा पुगी त्यहाँको वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे अध्ययन अवलोकन गर्ने कार्यक्रम छ । 

उनको साथमा परराष्ट्रमन्त्री एनपी साउदसहित भ्रमणदलका अन्य सदस्य पनि रहेका छन् ।