एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी « Khabarhub

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र जारी


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले बाग्मती प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र जारी रहेको छ । हिजो भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी छ ।

बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी भएका छन् । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।

बागमती प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो भृकुटीमण्डपमा ड्रोन उडाएर अधिवेशनको उद्घाटन गरेका थिए ।  

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ११ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा