बागमतीमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग « Khabarhub

बागमतीमा विश्वविद्यालय स्थापनाका लागि आवेदन माग


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयन गर्दै प्रदेश विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको छ । 

प्रदेश सरकारको मातहत रहने गरी प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि आवेदन माग गरेको हो । सामाजिक विकास मन्त्रालयले सार्वजनिक विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि मापदण्ड पुगेका शैक्षिक संस्थाहरुबाट आवेदन पेस गर्न सूचना जारी गरिसकेको छ । 

मन्त्रालयका सचिव भीष्मकुमार भुसालका अनुसार ऐनको कार्यान्वयन गर्दै विश्वविद्यालयका लागि आवेदन माग भएको र सो विषयमा सार्वजनिक, निजी जुनसुकै प्रकृतिका शैक्षिक संस्थाहरूले निवेदन दिन सक्नेछन् । ऐन जारी भएको डेढ वर्षपछि सरकारले विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापना तथा सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउँदै आवेदन माग गरेको हो ।

सूचनाअनुसार प्रदेश उच्च शिक्षा परिषद्को सचिवालयले सूचना जारी भएको मितिले ३० दिनभित्रमा विश्वविद्यालय स्थापनाका लागि रु एक लाख राजस्वसहित आवेदन पेस गर्न आह्वान गरेको छ । सार्वजनिक विश्वविद्यालय, सामुदायिक विश्वविद्यालय, मानित विश्वविद्यालय र स्वायत्त प्रतिष्ठानले रु एक लाख निवेदन दस्तुर तथा स्वीकृति दस्तुर रु पाँच लाख बुझाउनुपर्ने हुन्छ । उच्च शिक्षण संस्थाले निवेदन दस्तुरबापत रु ७५ हजार र स्वीकृत दस्तुरबापत रु तीन लाख बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

यसअघि प्रदेश सरकारले हेटौँडामा नै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल अघि बढाइसकेको छ । सोहीअनुसार प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले एक साताअघि क्याम्पस व्यवस्थापन समिति, प्रशासन, राजनीतिक दल र सरोकारवालासँगको छलफलमा क्यापसलाई विश्वविद्यालय बनाउने सहमतिसमेत बनेको थियो । 

उक्त सहमतिअनुसार मकवानपुर क्याम्पसलाई विश्वविद्यालय स्थापना गर्न क्यापसले आवेदन पेस गर्ने र मापदण्ड पुगेको खण्डमा सो क्याम्पस विश्व विद्यालय कायम हुनेछ । मुख्यमन्त्री जमकट्टेलले मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशको केन्द्रीय विश्वविद्यालयका रुपमा स्थापना गरी शिक्षा क्षेत्रको विकासमा अग्रसर गराउने तयारी गरिएको बताए । उनले प्रदेशको विश्वविद्यालयमा प्राविधिक विषय अध्यापन गराइने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  २ : २९ बजे

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले

कांग्रेस महाधिवेशनमा कोषाध्यक्ष र महामन्त्रीको प्रतिवेदन पारित

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत

एल्गोरिदमको लोकप्रियताले मुलुकलाई युक्रेनजस्तै बनाउन सक्छ : आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो

कांग्रेसमा सभापतिलाई थप अधिकार, ६१ केन्द्रीय सदस्यदेखि चार सहमहामन्त्रीसम्म मनोनीत गर्न पाउने

काठमाडौं – नेपाली कांग्रेसको विधानले पार्टी सभापतिलाई विभिन्न पदमा नेताहरू