सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष फेरिए | Khabarhub Khabarhub

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष फेरिए


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष परिवर्तन गरेको छ । तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले नियुक्त गरेका मोहन देव विष्टलाई हटाएर प्रदेश सरकारले अनुपकुमार उपाध्यायलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । 

उपाध्याय नेपाल सरकारका पूर्व सिँचाइ ऊर्जा सचिव हुन् । उनलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको छ । उपाध्यायलाई योगको अध्यक्ष तथा  प्रदेशका  मुख्यमन्त्री कमल बहादुर शाहले सपथ  ग्रहण गराएका हुन् ।

उपाध्यायले हालसम्म प्रधानमन्त्री कार्यालय अन्तरगतको सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालयको सचिव भइसकेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ४ : ३३ बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र