प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड र युआनबीच भेटवार्ता


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको एक हप्ते औपचारिक भ्रमणको क्रममा दक्षिण पश्चिम शहर छोङछिङमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टी सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको छिङछोङ महानगरपालिका सचिव युआन चियाचुनले छोङछिङ शहरमा भेटवार्ता गरेका छन् । 

छोङछिङको स्टेट गेष्ट होटलमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले चियाचुन र आफूबीच पहिला पनि भर्चुअल्ली कुराकानी भएको र अहिले प्रत्यक्ष कुराकानी हुन पाउँदा खुसी लागेको बताउँदै छोङछिङ शहरले विगतमा दिएको राजनीतिक योगदान र हिजोआज विकास निर्माणमा गरेको प्रगतिबाट आफू प्रभावित भएको बताए । 

यस शहरले सामाजिक तथा आर्थिक प्रगतिका लागि स्पष्ट विचारका साथ लिइएका रणनीतिहरुको उनले प्रशंसा गरे । भेटवार्तामा सिपिसीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य चियाचुनले प्रधानमन्त्री प्रचण्डसँग विगतमा भएका गहिरो कुराकानीबाट उच्चस्तरको सम्बन्ध स्थापित भएको बताए । 

उनले प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा रहेका बेला नेकपा माओवादी केन्द्रको निमन्त्रणामा आफूले नेपालको भ्रमण गरेको उल्लेख गर्दै सो भ्रमणका बेला पनि द्वीपक्षीय हितका बारेमा छलफल भएको बताए । उनले आपसी हित प्रर्वद्धनका लागि आफू सदैव तयार रहेको उल्लेख गरे । 

भेटवार्तामा प्रधानमन्त्रीसँगै भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, मुख्य सचिव डाक्टर बैकुन्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौडेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य लगायत भ्रमण दलका सदस्यहरू सहभागी थिए । प्रधानमन्त्री प्रचण्ड मंगलबार बिहान बेइजिङबाट छोङछिङ पुगेका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ०६ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल