जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउापालिका-१० का वडाध्यक्ष छविरमण धमला पक्राउ परेका छन्।

२५ वर्षीया महिलाले धमलाले जागिर लगाइदिने प्रलोभन देखाई होटलको कोठामा बोलाएर जबरजस्ती करणी गरेको उजुरीपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

आफूलाई जबरजस्ती करणी गरेको भन्दै ती महिलाले चार दिनअघि  जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएकी थिइन्। धमलाको नाममा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा उनलाई सिद्धिचरण नगरपालिका क्षेत्रबाट मंगलबार पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट निजलाई हिरासतमा राखी अनुसन्धान गर्नू भनी ७ दिन म्याद थप भएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ५ : ५७ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका