बाँकेका मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै « Khabarhub

बाँकेका मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताउँछन् । “पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्”, अभियन्ता तथा फातिमा फाण्डेसन, बाँकेकी अध्यक्ष मैमुना सिद्धिकीले भनिन् ।

उनले महिलामा देखिने स्वास्थ्य समस्या टालटुल गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै चरम लापरबाहीका कारण समस्या जटिल हुँदै गएको बताइन् । अध्यक्ष सिद्धिकीले बालविवाह र धेरै बच्चा पाउने समस्या देखिएकाले मधेसी र मुस्लिम महिला स्वास्थ्य समस्याबाट पीडित भएको जानकारी दिँदै २० देखि ४० वर्षका महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको उल्लेख गरिन् ।

“महिला आर्थिक रूपमा सशक्त छैनन् र अस्पताल जान पनि लाज मान्छन् त्यसैले हामीले गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ”, उनले भनिन् । फातिमा फाण्डेसन नेपालको सहयोग र टेवा नेपाल काठमाडौँको आयोजनामा जिल्लाको जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगर नगरपालिकाको मधेसी तथा मुस्लिम बाहुल्य क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

सो शिविरमा परीक्षण गराएकामध्ये १४ जना महिलामा पाठेघरको मुखको क्यान्सर देखिएको छ । उक्त शिविर नेपालगञ्जको १४ नं वडामा पनि सञ्चालन गर्ने तयारी भएको छ । अध्यक्ष सिद्धिकीले घरेलु महिला सबैभन्दा स्वास्थ्य समस्याबाट ग्रसित भएको भन्दै उनीहरूको उपचार प्राथमिकताको विषय हुनुपर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : २९ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा