भालुको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

भालुको आक्रमणबाट एक जनाको मृत्यु


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- सोलुखुम्बुमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भालुको आक्रमणबाट महाकुलुङ गाउँपालिका २ पेल्माङका ५६ वर्षीय जसधन राईको निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मंगलबार बिहान अन्दाजी ९ बजे आफ्नै घर नजिकैको मकै बारीमा जाने क्रममा राईलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट सख्त घाइते भएका राईको महाकुलुङ प्राथमिक अस्पताल बुङमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

उनको टाउको, घाँटीसहित शरीरको विभिन्न भागमा चोट लागेको थियो । मृतकको शव पोष्ट मार्टमका लागि प्राथमिक अस्पताल सोताङमा राखिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ७ : ५३ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच