काठमाडौँ- सुन किन्ने बहानामा चोरी गर्ने चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ७ भन्दा बढी स्थानका सुन पसलमा गएर सुन किन्ने बहानामा चोरी गर्ने ४ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुले स्कुटरको प्रयोग गरी सुन चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका घर भई हाल ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, सोही नगरपालिकाका २२ वर्षीय सुमन पतुवार, नुवाकोटको बेलकोटगढी घर भई हाल काठमाडौँको नयाँबजार बस्ने ३६ वर्षीय वीरेन्द्र विक र भारतको महाराष्ट्रको सोलापुर घर भइ हाल काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् ।
उनीहरुले प्रयोग गरेको स्कुटर, लत्ताकपडा पनि प्रहरीले बरामद गरेको छ । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया