१९औँ एसियाली खेलकुद : जुडो र रग्बीमा नेपालको यात्रा समाप्त | Khabarhub Khabarhub

१९औँ एसियाली खेलकुद : जुडो र रग्बीमा नेपालको यात्रा समाप्त


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हाङझाउ – १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत जुडो र रग्बीमा नेपालको यात्रा समाप्त भएको छ । आज नेपालका दुई खेलाडी पराजित भएसँगै जुडोमा नेपालको यात्रा समाप्त भएको हो।

पुरूष एक सय किलोमाथिको तौल समूहमा नेपालका रन्जेश गोले इप्पोनका आधारमा पराजित भए। उनलाई प्रिक्वाटरफाइनलमा काजकिस्तानका खेलाडीले पराजित गरे । यस्तै महिला ७८ किलोमाथिको तौल समूहमा नेपालकी आकृति जोशी उज्वेकिस्तानकी खेलाडीसित इप्पोनकै आधारमा पराजित भइन् ।

जुडोमा नेपालबाट पुरूषतर्फ चार तथा महिलातर्फ चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरूषतर्फ विकास विक, जंगबहादुर सारू र इन्द्रबहादुर श्रेष्ठ तथा महिलातर्फ मनीता श्रेष्ठ, देवकीमाया श्रेष्ठ र पुनम श्रेष्ठ यसअघि नै पराजित भइसकेका छन् ।

चीनमा जारी १९औं एसियाली खेलकुदमा रग्बीमा डेब्यु गरेको नेपाल सबै खेलमा पराजित भएको छ । रग्बी सेभेन्समा नेपालको पुरुष टोली सबै खेलमा पराजित भयो । आज भएको खेलमा नेपाल ओसिए इन्डिपेन्डेन्ट एथ्लेटिक टोलीसित ६८–० अंकले पराजित भएको हो । प्रतियोगितामा नेपाल आफ्ना सबै ६ खेलमा पराजित भयो । समूह डी मा रहेको नेपाल समूह चरणमा युएई, चीन, अफगानिस्तान, थाइल्याण्ड र फिलिपिन्ससित पराजित भएको थियो ।

यसैगरी तेक्वान्दोमा पनि प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी आ आफ्नो स्पर्धामा पराजित भए । नेपालका गोविन्दबहादुर आले पुरूष ६३ किलोमुनिको तौल समूहमा प्रिक्वाटरफाइनलमा पराजित भए। उनी प्रिक्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीसित २–० अंकले पराजित भए ।

यस्तै आजै भएको महिला ५३ किलोमुनिको तौल समूहमा नेपालकी आयषा लामा दक्षिण कोरियाका खेलाडीसित पराजित भइन्। महिला ५७ किलोमुनिको तौल समूहमा सन्ध्याकुमारी सिंह पनि पराजित भइन्। तेक्वान्दोका चार खेलाडी यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ८ : ५७ बजे

मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बाग्लुङ कांग्रेसका क्षेत्रीय सभापति पक्राउ

बागलुङ- मदिरा पिएर प्रहरीलाई कुटपिट गरेको आरोपमा बागलुङका नेपाली कांग्रेसका

नेकपा एसले डाक्यो केन्द्रीय सचिवालय बैठक

काठमाडौं- नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ

आजदेखि चार उच्च अदालतमा श्रव्यदृश्यको माध्यमबाट सुनुवाइ प्रारम्भ

काठमाडौं- चार उच्च अदालतमा आजदेखि श्रव्यदृश्यको माध्यमबाट मुद्दाको सुनुवाइ प्रारम्भ

गौतम अडानी विश्वको २० औं धनीको सूचीमा फर्किए

काठमाडौं- भारतका प्रसिद्ध उद्योगपति एवम् अडानी समूहका अध्यक्ष गौतम अडानीको

राष्ट्रपतिद्वारा मोजाम्बिक र इटालीका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी