दसैँ–तिहार विशेष सुरक्षा योजना लागू गर्ने प्रहरीको तयारी « Khabarhub

दसैँ–तिहार विशेष सुरक्षा योजना लागू गर्ने प्रहरीको तयारी


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै यही असोज २१ गतेदेखि यस वर्षको दसैँ–तिहार सुरक्षा विशेष योजना लागू गर्ने भएको छ ।

विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजनासहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौतीअनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पारिने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए । उनले, “दसैँ तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक चरिचालन गरिने छ, असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश योजना लागु हुन्छ ।”

यसैगरी उनले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन गरिने राससलाई जानकारी दिए । “ढुक्कका साथ दसैँ मनाउन घर गए हुन्छ, तर घर बन्द गरेर जाँदा सेल्फी खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगरौँ, बरु प्रहरीलाई जानकारी गराऔँ ” उनले भने।

दसैँ–तिहारजस्ता चाडपर्वमा अपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरे ।

यसैगरी प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

उनका अनुसार दसैँ–तिहार विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीलाई चुस्त रुपमा परिचालन गर्ने गरिनेछ । यसवर्षको दसैँ–तिहारमा कतिजना सुरक्षाकर्मी परिचालन हुन्छन भन्ने कुरा केही दिनमै सार्वजनिक गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : २२ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत