अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : ओली « Khabarhub

अर्थतन्त्र सुधार गर्न सबै प्रतिबद्ध हुनुपर्छ : ओली


९ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि सबै प्रतिबद्ध हुनुपर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आज यहाँ आयोजना गरेको ‘निजी क्षेत्रसँग एमाले’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्र सुधार गर्नका लागि सबै लाग्नुपर्ने बताए ।

“अर्थतन्त्र सुधार गरेर छाड्ने कुरामा हामी प्रतिबद्ध रहेका छौँ”, उनले भने, “अब ढिलो गर्ने वा पर्खने अवस्था हामीसँग छैन ।” अध्यक्ष ओलीले अहिले सबै देशप्रति गम्भीर हुनुपर्ने अवस्था रहेको भन्दै अहिलेको अवस्थामा सामान्य हिसाबले लिन नहुने बताए ।

“सिटामोल खाएर काम लाग्ने स्थिति छैन । एक दिनको ज्वरो पनि हट्दैन”, उनले भने, “मुलुकको अर्थतन्त्रको खास उपचार गर्नुपर्दछ । त्यसको लागि हामी सबै गम्भीर बन्नुपर्दछ ।”

देशको अवस्थाप्रति चिन्ता र त्यसबाट उन्मुक्ति कसरी मिल्छ भन्ने कुरामा निजी क्षेत्रसँग मिलेर अगाडि बढ्ने उनको धारणा राखे । अध्यक्ष ओलीले देश आर्थिक हिसाबले सबल बन्नुपर्ने उल्लेख गर्दै गरिबीबाट नेपाली जनतामाथि उठाउनुपर्ने बताए । मानिस धनी हुनुपर्नेमा गरिबी बन्दै गएको भन्दै उहाँले देशलाई परिवर्तन ल्याउनुपर्ने भनाइ राखे ।

अहिलेको अवस्थाबाट मुलुक अगाडि बढ्न नसक्ने भन्दै उनले अर्थतन्त्रमा सुधारको लक्षण नदेखिएको बताए । उद्यमी व्यवसायीले बढी राजनीतिक गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले अहिले सबैको सहकार्यबाट मात्र मुलुक अगाडि बढ्ने बताए । उनले सरकारी सम्पत्तिलाई निजी बनाउनेलाई सरकारले कारबाही गर्नुपर्ने भनाइ राखे । अध्यक्ष ओलीले चलायमान ठाउँमा र वैदेशिक रोजगारबाट आएको मुद्रा थुप्रिएको बताए ।

“कतिपय ठाउँमा बजेट छ । तर चलायमान छैन । वैदेशिक मुद्रा पनि थुप्रिएको छ । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले लिएर जानेबाहेक अरु काम भएको छैन”, उनले भने, “चलायमान ठाउँमा थुप्रिएको पैसालाई स्थान्तरण गरेर चलायमान गराउनुपर्दछ ।”

अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि कुनै दिन दबाबमूलक काम गर्ने परे एमालेले अगुवाइ गर्ने बताए । उनले एमालेलाई सरकारमा जान हतार नभएको भन्दै उनले आफूहरु मिसन–२०८४ मा लागेको बताए।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  ९ : ४० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली