बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ मिल्नेछ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्नुपर्दछ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

बिहीबारको व्रत सम्पादन गर्दा केराको रुखलाई पूजा गर्ने चलन छ। पूजा गर्दा पहेँलो चन्दन, चनाको दाल, छाता, मिठाईको रुपमा लड्डु आदिको दान गरेमा लाभ मिल्नेछ। भोजन गर्दा एक छाक नुन बार्नुपर्दछ।

पौराणिक कथाअनुसार एकजना प्रतापी र दानी राजा थिए। उनको दरबारमा असाध्यै धेरै सम्पत्ति थियो। उनी प्रत्येक बिहीबार व्रत बस्ने तथा पुण्यकर्म गर्ने गर्दथे। तर रानी भने त्यस्तो केही कर्म गर्दिन थिइन्। राजाले गरेको धार्मिक कार्यलाई रानीले असहयोग गर्थिन्। दरबारमा थुप्रिएको सम्पत्तिका कारण आफुले धेरै काम गर्नु परेकोमा उनी चिन्तित हुन्थिन्।

एक दिन गुरु वृहस्पति उनको दरबारमा साधुको रुप धारण गरी पुगे। त्यसबेला राजा शिकार खेल्न जङ्गल गएका थिए। रानीले साधुलाई देखेर आफ्नो दरबारमा भएको सम्पत्ति तथा वैभव समाप्त पारिदिन आग्रह गरिन्। साधु रूप धारण गरेका गुरु बृहस्पतिले पनि रानीको चाहना पूरा गर्न फल प्राप्ति हुने कर्म भन्दा पनि नष्ट हुने कर्म गर्न सिकाउँछन्। रानीले बिहीबारको दिन त्यसै गर्छिन्।

दरबारको सम्पूर्ण वैभव समाप्त हुन्छ। दुःख पाएपछि राजा कामका लागि परदेश लाग्छन्। दरबारमा भएका रानीहरुले पनि भोकभोकै बस्नु पर्ने दिन आउँछ।

यो दुःखका बीच रानीले आफ्नी बहिनी कहाँ सहयोग माग्न पुग्छिन्। बहिनीले उनीहरुलाई धन प्राप्तिका लागि बिहीबारको व्रत बस्न सुझाउँछिन्। त्यसपछि रानी र उनका दासीहरु बिहीबारको दिन व्रत बस्न थाल्छन्।

व्रत बस्न थालेदेखि फेरि दरबारमा सम्पत्ति थुप्रिन थाल्छ। दरबारमा सुख मिल्न थाल्छ। परदेश गएका राजा पनि फिर्ता आउँछन्। त्यसैले बिहीबारको दिन व्रत बसेको खण्डमा सम्पत्ति तथा वैभव प्राप्त हुने जनविश्वास छ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ५ : ३२ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री