सुतेर बिहान उठ्दा आँखामा कचेरा किन लाग्छ ? | Khabarhub Khabarhub

सुतेर बिहान उठ्दा आँखामा कचेरा किन लाग्छ ?


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

हामी राति सुतेर बिहान उठ्ने बेलामा प्रायः सबैको आँखाको कुनामा धेरथोर कचेरा लागेको हुन्छ । आँखाबाट निस्केको आँसु, धुलो, फोहोर र आँखाको ढकनीका मरेका कोषहरुको सम्मिश्रण नै कचेरा हो ।

कचेरा आँखाबाट निस्केको आँशु धुलो, फोहर र आँखाको ढकनीमा मरेका कोषहरू मिलेर बनेको हुन्छ । प्लीका सेमी लुनारिस नामक आँखाको भागले हर समय कचेरा बनाउने तरल पदार्थ (आँसु) निकालिरहेको हुन्छ । तर आँखा झिमझिम गर्दा यो जम्मा हुन नपाई पखालिन्छ ।

आँखाबाट आउने आँसुले आँखालाई सुख्खा हुनबाट जोगाउन र आँखालाई भिजाइ  नरम बनाइराख्न मुख्य भूमिका खेल्छ । हामी निदाएको बेला आँखाबाट आँसु आउँदैन त्यही आँसु निदाएको बेला भने कचेरा बनेर रहन्छ । त्यसैले कचेराले पनि आँखालाई सुख्खा हुनबाट बचाउने काम गर्छ ।

तर, आँखामा कचेरा नै आएन भने आँखामा सङ्क्रमण भई आँसु निस्किने नली बन्द भएको हुन सक्छ । जसले गर्दा आँखा सुख्खा हुन नदिन निस्किने तत्त्वहरू बाहिर निस्कन पाउँदैन र आँसु आँखाभित्र नै जम्मा हुन्छ । जसले गर्दा आँखा सुख्खा हुन्छ । त्यसले आँखा चिलाउने, सुन्निने र आँखाभित्र डल्लो पलाउने जस्ता समस्या देखिन सक्छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ६ : ५१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु