स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु « Khabarhub

स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु


९ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको । घटनामा एकजना घाइते भएका छन् । 

काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नम्बर को स्कुटर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने ६५ वर्षका शशीराज पाण्डेकी श्रीमती ६२ वर्षीय राज्यश्री थापा क्षेत्रीको हेटौँडा अस्पतालमा उपचारको क्रममा हिजो साँझ मृत्यु भएको हो । स्कुटर चालक पाण्डेको हेटौँडा अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट हेटौँडा आउने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ७ : ०७ बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५