युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित « Khabarhub

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोनाको लगातार तेस्रो जित


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिग फुटबलमा समूह ‘एच’ मा रहेको स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा युक्रेनी क्लब सख्तर डोनेस्कलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो । 

बार्सिलोनाका फेरान टोरेस र फिरमिनले एक’एक गोल गरेका थिए मने सख्तर डोनेस्कका होरोइ सुडोकोभले एक गोल फर्काएका थिए ।

बार्सिलोनाका टोरेसले खेलको २८औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए भने ३६औँ मिनेटमा फेरमिनले गोल गर्दै खेललाई २–० को अवस्थामा पुर्‍याएका थिए । यस्तै, ६२औँ मिनेटमा सख्तरका सुडोकोभले एक गोल फर्काएका थिए ।

त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा बार्सिलोना २–१ गोलले विजयी भयो । यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकका साथ सहूको शीर्षस्थानमा रहेको छ । यसैगरी, पोर्टो ६ अंकसहित दोस्रो, सख्तर तीन अंकसहित तेस्रो र रोयल एन्टवार्प बिना अंक पुछारमा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ७ : ३१ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र