‘झलक दिखला जा’ नयाँ संस्करण आउँदै, मलाइकाले सबैभन्दा बढी फि लिने | Khabarhub Khabarhub

‘झलक दिखला जा’ नयाँ संस्करण आउँदै, मलाइकाले सबैभन्दा बढी फि लिने


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय सेलिब्रेटी रियालिटी शो ‘झलक दिखला जा’को नयाँ संस्करण आउने भएको छ । यो शो ११ औँ सिजन हुनेछ । यसमा फराह खान र मलाइका अरोरा जजका रूपमा देखिनेछन् । यस पटक अरशद वारसी पनि देखिँदैछन् ।

शोमा सबैभन्दा धेरै रकम मलाइकाले लिनेछिन्। उनले एक एपिसोडका लागि करिब १५ लाख भारतीय रुपैयाँ लिइरहेको बताइएको छ । एक दिनको सुटको लागि भने उनको पारिश्रमिक करिब ३० लाख भारु छ ।

निर्माता यो शो करिब ३ महिनासम्म टेलिकाष्ट गर्ने योजनामा छन् । अर्थात् यो शो पूरै जज गर्दा मलाइकाले ३ करोड ६० लाख भारु पाउनेछिन् ।

अरशद वारसीले भने प्रति एपिसोड ८ लाख भारु लिने बताइएको छ । फराह खानले प्रति एपिसोड ५ लाख भारु फि लिइरहेकी छिन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ८ : ४३ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड