मकवानपुरमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु « Khabarhub

मकवानपुरमा क्रेन दुर्घटना हुँदा सहचालकको मृत्यु


९ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नम्बरकाे हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । 

घटनामा विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महतोको मृत्यु भएको हो । उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

क्रेनले च्यापिएको अवस्थामा  भेटिएका उनलाई स्थानीयवासीको सहयोगमा निकालिएको थियो ।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका– ३० लालपर्सा बस्ने वर्ष ३० का चालक दशरथ पासवान भने सामान्य घाइते घाइते भएका छन् । 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ९ : १३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको