असनका तुलाधरको खड्गजात्रा सम्पन्न | Khabarhub Khabarhub

असनका तुलाधरको खड्गजात्रा सम्पन्न


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– असन आसपास क्षेत्रका तुलाधर समुदायले बडादसैँको अवसरमा आश्विन शुक्ल एकादशीका दिन खड्ग जात्रा गरेका छन् ।

काठमाडौँ महानगरपालिका–२७ स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले बुधबार विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन  बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा गराएका थिए ।

उक्त समुदायले घटस्थापनाका दिन विधिपूर्वक राखेको जमरा विभिन्न देवी तथा देवताको चढाउनाका साथै तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको पूजा गरेका थिए । तुलाधर समाजभित्र सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाएर नगर परिक्रमा गर्ने चलन छ ।

समाजमा आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाउने विश्वासका साथ यस किसिमको विधि अवलम्बन गरिएको उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताए ।

स्थानीय तुलाधर समुदाय दशमीका दिन पनि व्यापारिक कार्यमा व्यस्त रहने हुँदा एकादशीका दिन अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने तथा आफन्त, नातागोता बोलाएर रमाइलो गर्ने गर्दछन् ।

सम्राट अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहारपछि पश्चाताप गर्दै अस्त्रशस्त्र त्याग गरेको घटनासँग जोडिएकाले पशुबलि निषेध गरिएको यो जात्रालाई हिन्दु र बौद्ध धर्मावलम्बीले साझा संस्कृतिका रुपमा लिने गर्दछन् । 

विभिन्न समुदायले गर्ने संस्कृति, जात्रा तथा पर्वको महत्व र विशेषता फरक फरक भए पनि यसले नेपाली संस्कृतिको गौरव बढाएको छ । 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १० : २० बजे

कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐनसम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित

विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाई मंसिर २९ गते

काठमाडौं – सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सुनुवाई मंसिर २९ गते

कप्तान देव २४ रनमा आउट, नेपालको तीन विकेट गयो

काठमाडौं – एसिसी यू-१९ एसिया कप क्रिकेटमा अफगानिस्तानसँग खेलिरहेको नेपालको

प्रविधिको विकासले चुनौति थपि‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक

बाँझो जग्गा उपयोग गर्दै कास्कीको रुपा गाउँपालिका

कास्की- कास्कीको रुपा गाउँपालिकाले पालिकाभित्र बाँझिएका खेतीयोग्य जग्गाको उपयोग गर्ने