अमेरिकी माझ लोकप्रिय बन्दै दसैँको टीका र जमरा « Khabarhub

अमेरिकी माझ लोकप्रिय बन्दै दसैँको टीका र जमरा


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

ओहायो– नेपाली युवा, विद्यार्थी तथा व्यवसायीको अग्रसरतामा अमेरिकाका विभिन्न राज्यमा गैरहिन्दु अमेरिकी नागरिकले दसैँको टीका तथा जमरा लगाएर सद्भाव साटासाट गरेका छन् । 

प्रवासमा रहेका नेपालीहरूले सामाजिक सद्भाव तथा एकताको पर्वका रुपमा दसैँलाई विश्वव्यापी बनाइरहेको बेला अमेरिकाको चर्चित हेल्थ केयर अर्गनाइजेसन केयर सोर्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत Erhardt Preitauer सहित उक्त कम्पनीमा आवद्ध ७० जना भन्दा बढी कर्मचारीले सामूहिक रुपमा पहिलो पटक हिन्दु नेपालीहरूका साथ दसैँको टिका, जमरा तथा नेपाली ढाका टोपी लगाएर दसैँ मनाएका हुन् ।

विगत ३ दशकदेखि नाफामुखी संस्थाका रुपमा मेडिकेड सदस्यहरूलाई सेवा प्रदान गरिरहेको यो संस्थामा २० लाख भन्दा बढी सदस्य आवद्ध छन् । मेडिकेड, मेडिकेयर, र मार्केटप्लेस सहित सार्वजनिक स्वास्थ्य सेवा कार्यक्रमहरू प्रदान गरिरहेको कम्पनीका विभिन्न आठ ओटा राज्यमा रहेको शाखामा सयौँ नेपाली युवा विद्यार्थीले समेत रोजगारीको अवसर पाएका छन् ।

डेटन ओहायोमा मुख्यालय रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत Preitauer सन् १९१९ मा अमेरिकामा सबैभन्दा उत्कृष्ट सीईओको सूचीमा परेका सफल व्यवस्थापक तथा व्यवसायी हुन् । 

सीईओ Preitauer ले सामाजिक सद्भाव तथा सांस्कृतिक उत्सवका रुपमा कम्पनीका कर्मचारीका साथ हरेक वर्ष दसैँ पर्व मनाउने प्रतिवद्धता सहित नेपाली ढाका टोपी लगाएका थिए ।

हिन्दु नेपालीहरूले विशेष महत्वका साथ मान्ने महत्वपूर्ण चाड विजया दशमी अर्थात् दसैँ पर्वलाई सामाजिक सद्भाव सहितको सांस्कृतिक उत्सवका रुपमा मनाउने क्रममा एसियन प्यासिफिक आइसल्याण्ड र कम्युनिटी एपीआईसीसँगको सहकार्यमा पहिलो पटक वृहत दसैँको टीका महोत्सव गरेको कार्यक्रम संयोजक अपला उपाध्यायले बताइन् ।

उपाध्यायका अनुसार हेल्थ केयर विथ हर्ट स्लोगनसहित सो कम्पनीले अमेरिकामा अनलाइन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  १२ : २२ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी