लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती « Khabarhub

लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती


९ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । लोकमार्गको बागलुङ-घोडाबाँधे खण्डको साढे दुई दशक अगाडि ट्रयाक खुले पनि हालसम्म कालोपत्र नहुँदा धुलो र हिलोले यात्रु तथा स्थानीय आजित भएका छन् । 

लोकमार्ग कार्यालयले उपल्लाचौरदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । तर निर्माण कम्पनीले समयमै काम गर्न सकेका छैनन् । बागलुङको उपल्लाचौरदेखि १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । 

दुई वर्षमा सक्नेगरी जिम्मा पाएको ठेकेदार कम्पनीले ठेक्का सम्झौता भएको सात वर्षसम्म कालोपत्र गर्ने काम नसक्दा यात्रु र स्थानीयले ठूलो सास्ती खेप्नुपरेको छ । उपल्लाचौरदेखि १३ किलोमिटर सडकको भारत-सिद्धिसाई जेबीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्नेगरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी छ । 

उक्त खण्डको सात वर्षमा ७३ प्रतिशत भौतिक प्रगति र ६९ प्रतिशत आर्थिक प्रगति भएको थियो । उक्त सडकमा पाँच किलोमिटरमा पूर्वाधार निर्माणको कामसमेत बाँकी छ । बिहुँदेखि घोडाबाँधेसम्मको १२ किमी सडक कालोपत्रका लागि विसं २०७२ माघमा दुई वर्षमा कालोपत्र सक्नेगरी सूर्य कन्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरिएको थियो । बाह्र किमी सडकमध्ये हालसम्म उपल्लो खण्डमा छ किमी सडक कालोपत्र सम्पन्न भए पनि पाँचपटक म्याद थप्दासमेत छ किमी सडक कालोपत्र गर्न अझै बाँकी रहेको छ । 

उक्त सडकको ७५ प्रतिशत भौतिक र ७१ प्रतिशत वित्तीय प्रगति भएको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । सडक समयमै कालोपत्र नहुँदा वर्षौंदेखि आफूहरुले हिलो र धुलो खान बाध्य भएको स्थानीय केदार कँडेल बताउँछन्।

उनले भने, ‘धेरै वर्ष भयो यो बाटो कालोपत्र गर्छौ भन्न थालेको तर अहिले पनि केही परिवर्तन हुनै सकेको छैन, अहिले त सडकमा मान्छे डुबाउने धुलो छ, बर्खामा हिलो पनि उस्तै हुन्छ, हामीहरु त आजित भयौँ, घर नजिकै सडक छ, घर उठाएर पर सार्न पनि नमिल्ने, हामी सानो हुँदा यो सडकको हालत यस्तै थियो, अहिले हामी ४०-४२ वर्षमा लाग्दा पनि यस्तै छ ।’

सवारी चालक मिनबहादुर विकले यो सडकमा गाडी चलान थालेको १७ वर्ष भएको भन्दै सडकको दुरावस्थाका कारण अहिलेसम्म लाखौँ रकम बराबरको पार्टपुर्जा फेर्नु परेको बताए। बागलुङ बजार नजिकै भए पनि सडक अप्ठ्यारो हुँदा बिहुँबाट बजार झर्न झण्डै दुई घण्टा लाग्ने विकको अनुभव छ । 

‘वैकल्पिक बाटो छैन, यही सडकमा हिँड्नुपर्छ, म दैनिक दुई पटक ओहोरदोहोर गर्छ, यात्रुले निकै गुनासो गर्छन्, धेरैले वान्ता पनि गर्छन्, यो सडक अप्ठ्यारो छ भन्ने सबै नेतालाई थाहा छ, तर काम गर्दैनन्’, विकले भने, ‘बर्खामा हिलोले गाडी नै डुब्ला जस्तो हुन्छ, हिउँदमा धुलोले गाडी देखिँदैन ।’

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ६ : ४५ बजे

इरानका सात सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी नखुल्ने, के-के हुन सर्त ?

तेहरान- इरानले आफ्ना सातवटै सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी पुनः नखोल्ने

नेपाल प्रहरीको आईजीपीमा डा. मनोजकुमार केसी नियुक्त

काठमाडौँ – सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) मा डा.

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन

दक्षिण चीन सागरमा सतर्क रहन फिलिपिन्सलाई चीनको चेतावनी

एजेन्सी– चीनका विदेशमन्त्री वाङ यीले दक्षिण चीन सागरको विवादमा सतर्क

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ– सात वटा समस्याग्रस्त सहकारीले  १२२ जनाको बचतकर्ताको बचत रकम