टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर | Khabarhub Khabarhub

टाकुरामा रहेको धादिङको ऐतिहासिक भैरवी मन्दिर


९ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ । माछाको शरीरजस्तो भू-बनोटको टाकुरामा बन्दै गरेको मन्दिर पछिल्लो समय आकर्षणको केन्द्र बनेको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा रहेको यो मन्दिरले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको छ । गणेश हिमाल, मनास्लु, माछापुच्छ्रे, मानापाथीलगायत आधा दर्जन बढी हिमालको दृश्यावलोकन गर्न सकिने भैरवी मन्दिरमा चाडपर्व र बिदाको दिन दर्शनार्थीको घुइँचो नै लाग्छ ।

पौराणिक भनाइअनुसार यस मन्दिरसँग भगवान् भैरव र भैरवीको कथा जोडिएको छ । भगवान् भैरवको श्रीमती भैरवीलाई सुत्केरी भएका बेला मासु खान मन लाग्यो । भैरव बाघको रुपधारण गरेर मासु लिन जङ्गल गए। सुँगुरको सिकार गरेर फर्किए । सुँगुर भन्ने थाहा पाएपछि भैरवी डराएर त्यही घोप्टो परेर बसे। भैरवलाई भित्र पस्न दिएनन् । प्रश्रव पीडामा छट्पटिएकी भैरवीलाई छाडेर टाढा जान नसकेपछि भैरव भैरवी बसेकै तल्लोपट्टि बसेको किंवदन्ती छ । अहिले यो स्थानमा भैरवी र भैरवको छुट्टाछुट्टै दुईवटा मन्दिर छ ।

नेपालमा राम शाहले विसं १६६६ मा स्थापना गरेको आठवटा शक्तिपीठमध्ये भैरवी मन्दिर पनि एक हो । उनले स्थापना गरेका कुरा लालमोहरमा लेखिएको छ । तर स्पष्ट बुझिँदैन । भैरवी मन्दिरको इतिहास नेपालको एकीकरणसँग पनि जोडिएको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका सचिव कृष्णबहादुर श्रेष्ठले बताए। पृथ्वीनारायण शाहले नुवाकोट विजय गर्न नसकेपछि भैरवी मन्दिरमा बास बसी भाकल गरेको र भाकलपछि नुवाकोट विजय हासिल गरेको विभिन्न लेख तथा लिपिमा भेटिन्छ ।

‘मन्दिरमा पूजासहित बडादसैँ र चैते दसैँमा विशेष मेला लाग्छ । मन्दिरमा विशेष पूजा, भाकल तथा बलि चढाउने परम्परा रहिआएको छ । वडा दसँैको नवमीका दिन सुँगुरको बलि दिँदै आएको छ’, श्रेष्ठले भने, ‘मन्दिर आइपुग्न सदरमुकामबाट १३ किमी कालोपत्र र पाँच किमी कच्ची गरी १८ किलोमिटरको यात्रापछि भैरवी मन्दिर पुगिन्छ । सवारीसाधनबाट मात्र भई हाइकिङ गर्ने पनि भैरवी मन्दिर आइपुग्ने गरेका छन् ।’

विसं २०७२ को भूकम्पले भत्किएपछि अहिले मन्दिरको पुनःनिर्माण भइरहेको छ । विसं २०७६ फागुन २३ गते मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो । रु १३ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर निर्माणको काम सुरु गरिएको छ । हालसम्म मन्दिरमा रु चार करोड बराबरको पुनःनिर्माण भइसकेको भैरवी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताए।

मन्दिरमा खानेपानी, शौचालयको राम्रो व्यवस्था छ । सिसी क्यामेरा र इन्टरनेट पनि जडान गरिएको छ । मन्दिर आइपुग्ने भक्तजन प्राकृतिक सुन्दरताको मनोरम दृश्यमा लोभिने गरेका छन् । जिल्ला सदरमुकाम धादिङबेँसीबाट १८ किमीको दूरीमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो ।

    सुनौलाबजार पुरानो मन्दिर

भैरवी मन्दिरको तल्लो भागमा रहेको सुनौलाबजार धादिङ जिल्लाको पुरानो सदरमुकाम पनि हो । जब विसं १९४७ मा धादिङ बेनीघाटको इराङबाट जङ्गीअड्डा सुनौलाबजार सारियो, तब त्यहाँ सदरमुकामका लागि आधार बन्यो । तर, २०३२ सालमा यहाँबाट सदरमुकाम धादिङबेँसी सारियो । सुनौलाबजार अहिले पनि पुरानो धादिङको नामले परिचित छ ।

तत्कालीन समयमा भौगोलिक विकटता, यातायातको पहुँच र ढुवानीको समस्याले नै टाकुरामा रहेको सदरमुकामलाई बेँसी झारियो । धादिङबेँसीमा सदरमुकाम सरेपछि त्यहाँका ८० प्रतिशत मानिस पनि बेँसी झरे । त्यसपछि सुनौलाबजारको चहलपहल घट्यो । जिल्लाकै पुरानो भैरवी उच्च माध्यमिक विद्यालय अहिले पनि कायमै छ । खानेपानीको चरम अभाव अहिले समाधान भइसकेको छ ।

एउटा कालखण्डमा पूरै धादिङ नेतृत्व गरेको पुरानो धादिङ पर्यटनका हिसाबले सूचीकृत गर्न लायक ठाउँ हो । भैरवी मन्दिरको चर्चा सुरु भएसँगै अहिले यहाँको चहलपहल फेरि बढेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहीबार  ७ : १६ बजे

युवाशक्तिलाई सीप र उद्यमशीलतासँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले युवाशक्तिलाई सीप

‘गाउँभन्दा शहरको गरिबी भयानक, जहाँ घर जोडिन्छ मन जोडिँदैन’

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालमाथि एउटा भाष्य बनेको छ– उनीसँग

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य

दाङ – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट

फणिराज पाठकले भने : पूर्वराजालाई नजरबन्द गरिएको समाचार झुठो हो

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको समाचार

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट डा. विश्व