श्रेष्ठ दम्पत्तिद्वारा अस्ट्रेलियामा नेपाली मन्दिर बनाउन २५ हजार डलर प्रदान गर्ने घोषणा « Khabarhub

श्रेष्ठ दम्पत्तिद्वारा अस्ट्रेलियामा नेपाली मन्दिर बनाउन २५ हजार डलर प्रदान गर्ने घोषणा


९ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

मेलबर्न, अस्ट्रेलिया- लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक एवम् अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ‘इनास’ का विश्व सल्लाहकार रामकुमार श्रेष्ठ र उनकी श्रीमती प्रभादेवी श्रेष्ठले मिनी नेपाल अवधारणा अनुसार अस्टेलियामा बन्न लागेको नेपाली सामुदायिक केन्द्रमा पशुपति र बौद्ध स्तुपा निर्माणार्थ आयोजित महायज्ञमा २५ हजार डलर प्रदान गर्ने घोषणा गरेका छन् ।

नेपाली परम्परा, संस्कृतिलाई संरक्षण, सम्वद्र्धन र प्रवर्द्धन गर्दै नयाँँ पुस्तामा हस्तान्तरण र पुस्तान्तरण गरिनुपर्छ भन्ने मान्यतालाई कदर गर्दै वाचनप्रवीण प. दिनबन्धु पोखरेल प्रमुख वाचक रहेको महायज्ञमा श्रेष्ठ दम्पत्तिले उक्त राशी प्रदान गर्ने घोषणा गरेका हुन् ।

छोरी पूजाको जन्मदिन सकिएको र छोरा पुरक र बुहारी प्रियंकाको दोश्रो वैवाहिक वर्षगाँठ आउन लागेको बीचमा जारी महायज्ञमा यो घोषणा गरिएको श्रेष्ठले फेसबुक पेजमार्फत् जानकारी दिएका छन् । श्रेष्ठले छोरी पूजाको १८ औं जन्मदिन मनाउने तयारी अन्तिम अवस्थामा पुगेको बेला नेपालमा बाढी आएको कारण जन्मदिन मनाउने काम रोकी धुर्मुस सुन्तलीमार्फत बाढी पहिरो पीडितका लागि ५ हजारभन्दा बढी डलर प्रदान गरिएको जानकारी पनि गराएका छन ।

वाचनप्रवीण पण्डित दिनबन्धु पोखरेलकै सहभागितामा गरिएको पहिलो सप्ताह मार्फत उठेको रकमबाट मेलबर्नमा १२० रोपनीभन्दा बढी जग्गा किन्न समर्थ भएको श्रेष्ठको भनाइ छ । अब उक्त संकलित रकम गुरुयोजना मुताबिकको मिनी नेपालको अवधारणा बोकेको नेपाली सामुदायिक केन्द्र निर्माण कार्यमा प्रयोग गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  ९ : ५६ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण